१७ मंसिर २०७७, बुधबार
२७ कार्तिक २०७७, बिहीबार ०९:०४

के महिनावरीलाई सार्न सकिन्छ ?


महिलाहरु किशोरवास्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनीबाट रगत बग्छ। यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ। महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो।

यसलाई रजस्वला, पर सर्नु, नछुने हुनु आदि पनि भनिन्छ। म्हिनावरी चक्र व्यक्तिअनुसार २१ देखि ३५ दिनको हुने गर्छ। डिम्बासयको डिम्ब(अण्डा) परिपक्व भएपछि केटीहरुको पहिलो महिनावारी हुन्छ। महिनावारी सामन्यतया ८ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्म हुन्छ। 

महिनावारी सुरु भएपछि एक प्रकारको सेतो पानी योनीबाट बग्न सक्छ। यो समान्य हो तर यो गन्हाउने वा योनी वरिपरि चिलाउने वा पोल्ने भयो भने यसको उपचार गर्नुपर्छ। महिनावरी हुँदा यौनांगको सरसफाइ राम्रोसँग भएन भने यस्तो समस्या हुने गर्दछ। 

महिनावरी प्राकृतिक र स्वाभाविक प्रक्रिया हो र स्वस्थ्य अवस्थाको पनि चिन्ह हो तर यसको बारेमा सही जानकारी नहुँदा पहिलो पटक महिनावारी हुँदा  धेरै किशोरीहरु आत्तिने गर्छन् र केहीले रोग लाग्यो भनेर सोच्छन्। तसर्थ घरमा भएका अभिभावकहरुले यसबारे जानकारी दिनुपर्छ।  

महिनावरी हुनु भनेको कस्तो शारीरिक स्थिती हो ?

यो एक शारीरिक प्रक्रिया हो । खासगरी नारीहरुको शारीरिक परिपक्कता आएपछि मुख्यतया ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोनले गर्दा पाठेघरको भित्रि तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुने गर्छ । महिनावारी हुनुका पछाडि हाईपोथालामस्, पिट्युटरी ग्रन्थी, अण्डास्य र पाठेघर सबैको आ–आफ्नै भूमिका रहेको हुन्छ ।

यस क्षणमा महिलाहरुले कति सहज अनुभव गर्छन् ?

महिनावरीको बेला सबैलाई एकै किसिमको अनुभव नहुन सक्छ । कसैलाई यो सामान्य लाग्छ भने कसैका लागि पीडादायी पनि । महिनावरीको समयमा कतिको पेट दुख्ने, ढाड दुख्ने, झर्को लाग्ने पनि हुन्छ । त्यसैले उनीहरुलाई आरमको जरुरत हुनसक्छ । धेरै तनाव, कामको बोझ दिनु उचित हुँदैन ।

चाडपर्वमा त्यस्तो अवस्थाबाट बच्ने कुनै विकल्प छन् ?

खासगमा त म के सल्लाह दिन्छु भने महिनावरीलाई नियमित प्रक्रिया अनुरुप नै हुन दिनुपर्छ । यसलाई स्वभाविक रुपले लिनुपर्छ । यद्यपि आफुलाई असहज महसुष हुने भए त्यसको पनि केही विकल्प छन् ।

जस्तो ?

महिनावारी २–४ दिन पर सार्न सकिन्छ । यस अवस्थामा महिनावरी हुने दिन भन्दा १–२ दिन अगाडि बजारमा उपलब्ध हुने प्रोजेष्ट्रन चक्की प्रयोग गर्न सकिन्छ । प्रोजेष्ट्रोन चक्की ५ मिलिग्रामको बिहान र बेलुका गरी २ पटक कम्तिमा २ दिन अगाडिबाट शुरु गरेको राम्रो हो । यस प्रयोजनका लागि प्रोजेष्ट्रोन चक्की नपाएको अवस्थामा परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्कि पिल्स सेवन गर्दा पनि हुन्छ ।

पिल्समा पनि ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोन हुने भएकाले यो प्रयोग गर्न सकिन्छ । पहिलेदेखि नै परिवार नियोजनका लागि पिल्स खाईरहेको महिलाले महिनावारी पर सार्न खैरो चक्किको सट्टा पनि सार्नुपर्ने दिन सम्म सेतो चक्कि नियमित खानु पर्छ । अन्य परिवार नियोजनका साधन प्रयोग गरिरहेको महिलाहरुले पनि महिनावारी पर सार्न मिल्छ ।

यसले कुनै असर गर्दैन ?

सामान्यत नियमित प्रक्रियामा भइरहेको महिनावरीलाई पर सार्नु भनेको बाध्यकारी अवस्थामा हो । यसले दीर्घकालिन रुपमा खासै असर गर्दैन । यद्यपि यस्तो चक्की पटक पटक प्रयोग गरियो भने त्यसले चाहि समस्या ल्याउन सक्छ ।

कस्तो असर ?

महिनावारी अनियमित हुने तथा अन्य गडबडि हुन सक्छ । त्यसैले यस्ता चक्किहरु पटक पटक २–४ दिन मात्र सेवन गर्नु भन्दा पुर्ण अवधि अर्थात २१ दिन नै खानु राम्रो हुन्छ ।


प्रतिक्रिया दिनुहोस !