१७ मंसिर २०७७, बुधबार
२५ कार्तिक २०७७, मंगलवार १९:३७

आयुर्वेदका पाँच प्रभावकारी फइदा


प्रकृतितर्फ फर्कन प्रोत्साहित गर्ने यस युगमा आयुर्वेद एक किसिमको आधारभूत औषधि उपचार हो । जसमा मानिसहरू पछिल्लो समय बढी आकर्षित हुन थालेका छन् ।

यदि संतुलित र पौष्टिक आहार, मसाज, प्राकृतिक जडीबुटीको प्रयोग र हल्का किसिमको योगासनको संयोजनलाई नियमित गरियो भने आयुर्वेदको एक क्लासिक प्याकेज पूरा हुन्छ । आयुर्वेदका ५ फाइदाहरू यहाँ उल्लेख गरिँदैछ जुन शरीर र दिमागको सम्पूर्ण स्वास्थ्य सुधार गर्नको लागि सहायकसिद्ध छ । यसका अलावा मान्छेलाई फिट राख्न समेत मद्दत गर्छ ।

आयुर्वेदले मान्छेलाई ऊर्जावान बनाउन मद्धत गर्छ

के तपाईं दिनको कामका कारण साँझमा थकित या शरीरमा ऊर्जा हराएको महसुस गर्नुहुन्छ ? वा बिहान उठेपछि तपाईंले आफैँलाई फ्रेस भएको महसुस गर्नुहुन्न ? तपाईंको योग, जिम आदि अध्यासका तालिकाहरू यही कारणले पनि बिग्रिइरहेको हुन सक्छ । धेरै जना मान्छेहरू चिया, कफी वा स्टेरोइडलाई बिहानको निद्रा हटाउने समाधानको रूपमा लिन्छन् । तर त्योभन्दा उत्तम विकल्प आयुर्वेदिक जडीबुटी हो । जसले तपाईंको शरीरलाई सधैं ऊर्जावान बनाउँछ । अश्वगन्धा, ब्राह्मी र तुलसीले मान्छेको शारीरिक र मानसिक तनाव कम गर्न मद्धत गर्छ । बिहान यी जडीबुटीलाई सेवन गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदले सहनशक्ति बढाउँछ

सहनशक्ति भनेको काम गर्ने हाम्रो क्षमता हो । जब हामी काम गर्छौं, तब हाम्रो क्षमता बिस्तारै कम हुँदै जान्छ । तर सहनशक्ति शारीरिक गतिविधि मात्र होइन । तनावग्रस्त दिमागले सहनशक्तिलाई गुमाउने गर्छ । यस्तो अवस्थामा, आयुर्वेदिक जडीबुटीहरू अश्वगन्धा, ब्राह्मी र शतावरी जब स्टामिना बढाउन प्रयोग गरिन्छ । यी जडीबुटीको सेवनले गर्दा मांसपेशीहरूमा अक्सिजनको आपूर्ति बढ्छ, जसका कारण थकित हुनुहुन्न ।

दैनिक खानामा धनिया, दालचिनी, जीरा र बदाम आदि समावेश गर्नुहोस् । सही अनुपातमा सेवन गर्नाले मान्छेको क्षमता बढाउने यो प्रभावकारी हुन्छ ।

आयुर्वेदले पाचनशक्ति बढाउँछ

यदि तपाईंको मेटाबोलिज्म उत्कृष्ट छ, तब तपाईं धेरै प्रयासबिना फिट रहन सक्नुहुन्छ वा यदि तपाईं फिट रहनको लागि धेरै व्यायाम गर्ने एवं र कडा डाइट लिने भन्दा आयुर्वेदबाट तौल घटाउन सकिन्छ । आयुर्वेदमा धेरै जडीबुटीहरूको बारेमा उल्लेख गरिएको छ । जसले मेटाबोलिज्म वृद्धि गर्ने काम गर्छन् । यसले शरीरमा बोसो कम गर्न पनि सहयोग गर्छ । साथसाथै दालचिनी जस्तो मसलाले शरीरमा फ्याक्ट सेलहरू गठन गर्नबाट रोक्न मद्धत गर्छ । यदि तपाईंको मेटाबोलिज्म कम छ भने खानामा जिरा, कालो खुर्सानी आदि समावेश गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदले शरीरका कोशिका मर्मतमा सहयोग गर्छ

पुरातन आयुर्वेद विज्ञहरूले बलार्दको अवधारणाको बारेमा बताएका थिए। यसको मतलब शरीरले कडा परिश्रम पछि पनि आफ्नो शरीरको शक्ति ५० प्रतिशतसम्म बढाउँछ । आधुनिक फिटनेस विशेषज्ञहरूले पनि शरीरलाई पूर्ण रूपमा निको हुनको लागि जोरदार व्यायाम गर्न सल्लाह दिन्छन् । तिलको तेलले मसाज गर्ने जस्ता दुखाइ र पीडाबाट राहत पाउने परम्परागत विधिका लागि बेसार र अदुवा उपयोगी जडीबुटी हो । अश्वगन्धा मांसपेशीलाई बलियो बनाउन र पोषण दिनको लागि उपयोगी मानिन्छ । प्रोटिनयुक्त बिन्ससहित तपाईंको मांसपेशीहरू र आयुर्वेदको लागि मुँगको दाल पनि उपयोगी मानिन्छ । बदाम, केसर र घिउले तपाईंलाई पर्याप्त रूपबाट जीवन्त बनाउँछ र तपाईंलाई कडा र कठोर कसरत गर्दा पनि शरीरमा पुनः शक्ति प्राप्त गर्न मद्दत गर्छ । आयुर्वेद मांसपेशीको साथै हड्डीको स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

आयुर्वेदले राम्रो निद्रा दिलाउँछ

राम्रो निद्रा दिमागका लागि सधैं महत्वपूर्ण हुन्छ । जब तपाईंको शरीर आफैं निको हुन र मर्मत गर्न सक्षम हुन्छ, तपाईंको फिटनेस प्रणाली राम्रो निद्राको साथ सन्तुलित हुनुपर्छ । ब्राह्मी, शंखपुष्पी, सर्पगन्धा, वाच र अश्वगन्धा जडीबुटी आदि राम्रो निद्राको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाईंको स्नायु प्रणालीलाई आराम दिन मद्धत गर्छ । मानसिक थकान कम गर्न र तपाईंको मस्तिष्कमा शान्त प्रभाव पार्छ ।


प्रतिक्रिया दिनुहोस !