५ आश्विन २०७८, मंगलवार
१७ कार्तिक २०७७, सोमबार १३:५२

एमडी पढ्ने विद्यार्थीसँग नियमविपरित अतिरिक्त एक लाख असुली गरेको आरोप


काठमाडौं,कात्तिक १६ गते । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले नियम विपरीत वार्षिक शुल्क भन्दै परीक्षाको समयमा थप एकलाख रुपैया असुलेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
एकलाख शुल्क नतिर्ने विद्यार्थीलाई परीक्षामा समेत सामेल नगराउने कलेज प्रशासनले सूचना गरेको विद्यार्थीहरुको भनाई छ । स्नाकोत्तर तह (एमडिरएमएसरएमडिएस) तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु संग उक्त शुल्क लिएको हो ।

नेशनल मेडिकल कलेजले आउँदो परीक्षामा सहभागी हुनका लागि आउँदो बिहीबारसम्म फारम भरिसक्नुपर्ने र फाराम भर्नुभन्दा अघि अतिरिक्त शुल्क तिर्नुपर्ने विल विद्यार्थीहरुलाई थमाएको छ । चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरीले नेशनल मेडिकल विषयमा आयोगमा निवेदन परेको जानकारी दिनुभयो । उहाँले तोकेको शुल्क भन्दा बढी कुनै पनि शुल्क लिन नपाउने जानकारी दिदै लिएको खण्डमा कारबाही गरिने जानकारी दिनुभयो ।

नेशनल मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार कलेजले फारम बुझाउने समयसम्म अतिरिक्त रकम नबुझाए परीक्षा समेत दिन नमिल्ने जानकारी दिएको छ । कलेजले वार्षिक शुल्कका नाममा परीक्षा अघि एक लाख बुझाउनुपर्ने अडान लिएको छ,एक विद्यार्थीले नाम प्रकाशन नगरिदिन अनुरोध गर्दै भन्नुभयो,“त्रिविले स्नाकोत्तर तह अध्ययनका लागि जम्मा २२ लाख रुपैयाँ मात्र तिरे हुने व्यवस्था गरेको छ । तर कलेजले अतिरिक्त शुल्क भन्दै एक लाखको विल थमाएको छ ।” पहिलो वर्षको परीक्षामा एकलाख अतिरिक्त शुल्क बुझाउने विद्यार्थीहरुले तीनवर्षसम्म थप तीनलाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको उक्त कलेजमा चिकित्साशास्त्र अन्तर्गत स्नातक र स्नाकोत्तरमा अध्ययन÷अध्यापन भइरहेको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को नियम अनुसार नेशनल मेडिकल कलेजले विद्यार्थीबाट कुनै पनि अतिरिक्त शुल्क लिन पाउँदैन। चिकित्सा शास्त्र अध्ययन सस्थान (आईओएम)ले १७ बैशाख २०७६ मा प्रकाशित गरेको सूचनामा स्नाकोत्तर तह (एमडिरएमएसरएमडिएस) अध्ययन गर्नेहरुले तीन वर्षे शैक्षिक कार्यक्रमका लागि २२ लाख बुझाए पुग्ने उल्लेख गरेको छ । यस विषयमा विद्यार्थीहरुले आइओएम,चिकित्सा शिक्षा आयोगलाई समेत लिखित जानकारी गराइसकेका छन् ।चिकित्सा शिक्षा तथा स्वास्थ्य अभियन्ता डा. तोसिमा कार्कीले हरेक वर्ष परीक्षाको मुखमा आएर अन्य विषयको मुकाबिला गरिरहनुपरेको बताउनुभयो । उहाँले परीक्षामा शैक्षिक ,मानसिक तथा आर्थिक यातना र ज्यादती सहनुपरेको बताउनुभयो । डा.कार्कीले चिकित्सा शिक्षाका विद्यार्थीले अदालतको ढोका ढक्कढाउनु दुःखद हो भन्दै मनोमानी ढंगले सञ्चालन हुने कलेजका सिट संख्या खारेज गर्नुपर्ने बताउनुभयो ।
एमडि अध्ययन गर्दा सुरुमा भर्ना हुँदा ११ लाख र बाँकी रकम क्रमशः दोस्रो र तेस्रो वर्षको कक्षा सञ्चालन हुने बेलामा रु.५ लाख ५० हजारका दरले बुझाउनुपर्ने हुन्छ । शिक्षण शुल्कमा चिकित्सा शिक्षा अध्ययन अवधिभरमा लिइने भर्ना शुल्क, शिक्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालिम लगायतका सम्पूर्ण शुल्क समावेश हुनेछ ।

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. बसरुद्धिन अन्सारीले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

चिकित्सा शास्त्र अध्ययन सस्थानका डिन डा. दिव्यासिहसंग यो विषयमा सम्र्पक हुन सकेन


प्रतिक्रिया दिनुहोस !