१८ मंसिर २०७७, बिहीबार
८ कार्तिक २०७७, शनिबार १६:३६

डा.बाबुराम भट्टराई र उहाँकि धर्मपत्नी हिसिला यामि मा काेराेना संक्रमण


काठमाडौं:
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवम पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

डा.बाबुराम भट्टराई ले  सामाजिक सन्जाल मार्फत अाफुहरु  दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए।  दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गर्दै डा.भट्टराई ले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन र साथसाथै यश समयअवधिमा अाफनाे प्रत्यक्ष सम्पर्कमा अाउनेहरुलाई समेत स्वास्थ्यमा समस्या देखापरे स्वास्थ्य जाँच गराउन समेत अपिल गरेका छन ।


प्रतिक्रिया दिनुहोस !