१८ मंसिर २०७७, बिहीबार
८ कार्तिक २०७७, शनिबार ०७:३७

काेराेना संक्रमणबाट नेपालगन्जका एक ५० वर्षिय पुरुषकाे मृत्यु


नेपालगन्ज:
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका ५० बर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका ती पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा शुक्रबार राती मृत्यु भएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि ती पुरुषले असोज २५ गते बागेश्वरी प्रयोगशालामा परीक्षणका लागि स्वाव दिएका थिए । उनको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज २७ गते भेरी अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको शुक्रबार राती १० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ  ।

सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस !