१८ मंसिर २०७७, बिहीबार
७ कार्तिक २०७७, शुक्रबार १८:५०

थप ४४९९ जनामा काेेराेना संक्रमण पुष्टि, १७ काे मृत्यु , २२६८ डिस्चार्ज


काठमाडौं:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवता डाक्टर जागेश्वर गा‌ैतमका पछिल्लो  २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।

पछिल्लो २४घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ। 

सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस !