१८ मंसिर २०७७, बिहीबार
७ कार्तिक २०७७, शुक्रबार १६:४९

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर अाेझाामा काेराेना संक्रमण पुष्टि


डडेल्धुरा:
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कोरोना(काेभिड-१९) संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उहाँलाई  कोरोना पोजेटिभ देखिएको हो।

संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनमा बसिरहेको उनले जानकारी दिए। उहाँ  पिसिआर मेसिन व्यवस्थापनलगायतका कार्यमा खटिँदै आएका थिए। आफूमा कुनै किसिमको लक्षण नदेखिएको उनले बताए।

‘अस्पतालकै काममा विभिन्न ठाउँमा गइयो। हाम्रो अस्पतालमा पिसिआर ल्याब पनि संचालनमा छ। त्यसको व्यवस्थामा पनि खटिएँ।’ उनले भने,‘कोरोना आशंकामा स्वाब दिएको थिएँ। हिजो रिपोर्ट पोजेटिभ आएको छ। अहिले घरमा अलग्गै बसिरहेको छु।’


प्रतिक्रिया दिनुहोस !