१८ मंसिर २०७७, बिहीबार
७ कार्तिक २०७७, शुक्रबार १४:०९

अछामको कमलबजार प्रयाेगशालामा गरिएको परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टि


कमलबजार, अछाम
अछामको कमलबजार प्रयोगशालामा भएको कोरोना परिक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलबजारको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय २८ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङक्रमण पुष्टी भएको हो ।

प्रयोगशाला सुचना अधिकारी टेक बहादुर बिष्टका अनुशार कमलबजार नगरपालिका ६ का ३७ बर्षिया पुरुष, बान्नीगढी जयगढ गाउँपालिका २४ र २६ बर्षका पुरुष र पञ्चदेवल बिनायक नगरपालिकाका २५ बर्षिया पुरुषमा सङक्रमण पुष्टी भएको हो ।

फाइल फाेटाे

प्रतिक्रिया दिनुहोस !