१८ मंसिर २०७७, बिहीबार
६ कार्तिक २०७७, बिहीबार २२:१५

भरतपुर अस्पताल विकास समिति अध्यक्ष डा.भाेजराज अधिकारी मा काेेराेना संक्रमण पुष्टि


भरतपुर,चितवन :
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमणकाे  शंका लागेपछि बिहीबार स्वाब परीक्षण गरिएको थियो ।   बिहीबार नै आएको नतिजामा डा. अधिकारीलाई कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी ले जानकारी दिएका छन  ।

उहाँकाे स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको अस्पतालका सुचना अधिकारीले जनाएका छन । डा. अधिकारी अहाेरात्र  अग्रपंक्तिमा खटिएर  कोरोना संक्रमितको उपचार गर्ने एक चिकित्सक हुन ।  काेभिड-१९ काे लडाइँमा सुरुवातका दिनहरु देखि नै  अहाेरात्र खटिएर लड्दा लड्दै अाफु संक्रमित हुन पुगेकाे डा.अधिकारी ले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस !