१८ मंसिर २०७७, बिहीबार
६ कार्तिक २०७७, बिहीबार २०:३६

बागमती प्रदेशका मुख्यमन्त्री पाैडेलमा काेराेना संक्रमण पुष्टि


काठमाडौं:
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

केही समय अघिदेखि  उहाँमा रुघाखोकी देखिएपछि   बुधबार स्वाब संकलन गरिएको थियाे र बिहिबार उनमा संक्रमण पुष्टि गएकाे उहाँका प्रेस सल्लाहकार ले जानकारी दिएका छन ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार उहाँसंगै   उहाकि धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्ला दिनमा सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहेकाे उहाँको सचिवालयले जनाएकाे छ ।

फाइल फाेेेटाे

प्रतिक्रिया दिनुहोस !