१८ मंसिर २०७७, बिहीबार
६ कार्तिक २०७७, बिहीबार १७:३२

थप ३ हजार ६३७ जनामा काेराेना संक्रमण पुष्टि, २१ काे मृत्यु


काठमाडौं :
बिहीबार थप ३ हजार ६३७ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जना  संक्रमित थपिएका छन ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ। 

आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५  जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।
त्यस्तै, कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !