१८ मंसिर २०७७, बिहीबार
५ कार्तिक २०७७, बुधबार २१:०७

डाेटीमा काेराेना संंक्रमणबाट पहिलोपटक एक पुरुषकाे मृत्यु


डाेटी :

कोरोना भाइरसको संक्रमणबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ ।
नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सेती अस्पतालमा उपचाररत केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हाे ।

स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधवार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति हुन् ।
उनको शव गोदावरी नगरपालिका–४ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !