१८ मंसिर २०७७, बिहीबार
५ कार्तिक २०७७, बुधबार १९:२८

गाङ्खेत स्वास्थ चाैकिमा प्रयाेगशाला सेवा उद्धघाटन


डडेलधुरा, डडेलधुरा जिल्लाकाे आलिताल गाउँपालिका वाड न.२ मा अवस्थित गाङ्खेत स्वास्थ्य चाैकिमा आज मिति २०७७/०७/०५ गतेबाट प्रयाेगशाला सेवा विस्तार गरिएको प्रयाेगशालामा कार्यरत ल्याब असिस्टेन्ट डम्बर खडका ले जानकारी दिनु भयाे ।

आज एक कार्यक्रमका बिच वडा अध्यक्ष जनक मल्ल काे अध्यक्षयतामा प्रयाेगशालाकाे उद्धघाटन गरिएको छ । गाङ्खेत स्वास्थ चाैकि बाट नै प्रयाेगशाला सम्बन्धि सम्पुर्ण सेवा हरु पाउने भएपछि अब उपरान्त त्यहाँका स्थानीय बासिन्दाहरुले सदरमुकाम धाउनु नपर्ने वडा अध्यक्ष मल्लले जानकारी दिनु भयाे । उद्धघाटन कार्यक्रमकाे अवसरमा १० जना स्थानीयहरुकाे नि:शुल्क ब्लड ग्रुपिङ गरिएको ल्याब असिस्टेन्ट डम्बर खड्काले जानकारी दिनु भएकाे छ ।

यसका साथसाथै हाललाई ल्याब बाट २२ किसिमका परिक्षण सेवा प्रदान गरिने र निकट भविष्यमै अन्य सेवाहरु सुविधा हरु पनि विस्तार गर्दै जाने स्वास्थ चाैकि इन्चार्ज चेतराज जाशी ले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस !