५ आश्विन २०७८, मंगलवार
३ कार्तिक २०७७, सोमबार २१:१२

जिल्ला प्रशासन कार्यालय महोत्तरीको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द


जलेश्वर, कात्तिक ३ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीका केही कर्मचारीहरुमा कोरोना संक्रमणजस्तो मिल्दोजुल्दो लक्षण देखिन थालेपछि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएपछि त्यसको निक्यौलको लागि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकीय बाहेक सम्पूर्ण काम बन्द गरिएको जानकारी दिनुभयो ।

प्रजिअ कटुवालले ठाडो निवेदन/उजुरी, मुद्दा, शान्तिसुरक्षा, विपद् व्यवस्थापन र हातहतियार नवीकरणसम्बन्धी सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
केही दिन यता जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता लिन, पासपोर्ट लिन, मधेशी प्रमाणित गराउन, राष्ट्रिय परिचयपत्र बनाउन भीड देखिने गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !