५ कार्तिक २०७७, बुधबार
२ कार्तिक २०७७, आईतवार १५:५६

सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा गरिएको परिक्षणमा थप ३८ जनामा काेराेना संक्रमण पुष्टि


धनगढी :

सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनाको परीक्षण गरिएकोमा कैलालीका २७ सहित थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पताल द्धारा जारी विज्ञप्ती अनुसार संक्रमित हुनेहरुमा कैलालीका २७ र कञ्चनपुरका ११ जना रहेका छन ।

जसमा धनगढी उपमहानगरपालिकाका १६ जना, गोदावरी नगरपालिकाका ७ जना, बर्दगोरीया र घोडाघोडीका १/१ जना रहेका छन , कञ्चनपुरको भीमदत्त नगरपालिकाका, कृष्णपुर नगरपालिकाका ४/४ जना, बेलडाडीका २ जना र शुक्लाफाटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
। त्यस्तै स्थानिय तह नखुलेका कैलालीका अन्य २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस !