८ कार्तिक २०७७, शनिबार
१ कार्तिक २०७७, शनिबार २१:२४

उच्चरक्तचापकाे कारण,लक्षण चिन्ह,तथा व्यवस्थापनका उपायहरू


मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।

‘सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।

विभिन्न उमेर समूहअनुसार रक्तचाप फरक फरक हुने गर्द्छ।उच्च रक्तचाप सामन्यतया गाउँघरमा बस्ने मानिस भन्दा सहरमा बस्ने मानिस,उच्च आर्थिक स्थिती भएको मानिस साथै सुखिन्दार जिबनशैली भएको मानिस,मध्यपान धूम्रपान गर्ने ब्यक्ति तथा मधुमेहको बिरामिमा बढी देखिएको पाइन्छ।

उच्च रक्तचापलाइ silent killer disease पनि भनिन्छ। यो रोग लागेको कतिपय ब्यक्तिलाई थाहानै हुन्न पछि गएर अचानक मृत्यु सम्म गराउँछ, यसर्थ यसलाइ silent killer पनि नाम दिएको पाइन्छ।

सन्सार भरिनै सबभन्दा बढी मानिस मर्ने घातक रोग नै उच्च रक्तचाप रहेको तथ्यांक पाइएकोछ।उच्च रक्तचापको कारण हृदयघात हुने ,पक्षघात हुने तथा अन्य महत्वपूर्ण अंगहरुको कार्यमा अबरोध भै मान्छे मर्ने गरेको पाइएकोछ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार 35% मानिसहरु हृदयघातका कारण मिर्त्यु भएको पाइएको छ।

गरिबको दाजोमा धनिहरुमा यो रोगले जरा गाडेको पाएकोछ।खास्गरी ३५ बर्ष काटेका ब्यक्तिहरु बढी संक्रमीत रहेको पाइएकोछ।

उच्च रक्तचापका प्रकारहरु

1. Primary HTN

यो उच्च रक्तचाप 95% हुने गरेको पाइन्छ जसको केही कारण नै थाहा हुदैन ।यो खासगरी ४० बर्ष उमेर काटिसकेको मानिसमा पाइन्छ जुन प्रायजसो बशाणुगत पनि हुनसक्छ।

2. Secondary hypertension·

यो लगभग 5% मा देखिन्छ जुन अरु कुनै पनि रोगको कारण हुनसक्छ धेरै जसो मृगौला रोगी,मधुमेह ,दीर्घकालीन मध्यपान र अन्य रोगको कारण हुने गर्द्छ। उच्च रक्तचाप गर्भवती समयमा पनि हुने गर्द्छ।

रक्तचाप बुढेसकालमा मात्र नभै सानो उमेरमा पनि हुने गर्द्छ।धेरै बयस्क युबाहरु उच्च रक्तचापकै कारण हृदय घात भएर मरेको पाइएकोछ।

रक्तचापलाइ बढवा दिने तत्वहरु(Risk factor)

  • मध्यपान
  • धुम्रपान
  • वशाणुगत
  • मधुमेह
  • बुढेसकाल(६० बर्ष माथिका पुरुषमा बढी जोखिम)
  • मोटोपना
  • शारिरिक ब्यामको कमि
  • उच्च आनन्दित जिवनशैलि

चिन्ह तथा लक्षणहरु (clinical features):-

यसमा कहिले काहीँ कुनै लक्षण नै नभएको पनि हुनसक्छ।

  • टाउको को पछाडी बढी दुख्छ
  • मुटुको ढुक्ढुकी बढी हुन्छ· वाकवाकी साथै बान्ता हुन्छ
  • नाथ्री फुट्छ
  • चिट्चिट पसिना आउँछ
  • रिंगटा लाग्छ
  • आखाको कुनै भाग सुन्निएको हुन्छ
  • आँखा धमिलो देखिन्छ
  • नाडी गति बढ्छ
  • रक्तचाप १९०/९० वा सो भन्दा बढि हुनसक्छ
  • अलि पछि मृगौलाले आफ्नो काम गर्नै सक्दैन
  • बिरामी छट्पटिने हुन्छ· हृदयघात हुनसक्छ

जटिलताहरु(complication):-

1. आखाको दृस्टी गुम्छ

2. हृदयघात हुन्छ

3. मृगौला फेल हुनसक्छ

4. सङ्घात हुन्छ

5. पक्षघात हुन्छ

6. दिमागमा रक्तस्राव हुनसक्छ

7.ब्रेन ड्यामेज हुनसक्छ ।

ब्यबस्थापन का उपायरूः-

  • उच्छ रक्तचापबाट बच्नको लागि विशेषत हामिले सबैले आफ्नो जिबनशैलिलाई परिबर्तन गर्नुपर्छ
  • दैनिक नियमित रुपमा शारीरिक कसरत गर्ने (मर्निङ वाक,पाैडी खेल्ने, साईकलीङ गर्ने)
  • सुर्ती ,चुरोट ,जाड रक्सी जस्ता धूम्रपान तथा मध्यपान जस्ता लागुपदार्थ त्याग्नुपर्छ
  • नुनको प्रयोग अलि कम गर्ने· चिल्लोपदार्थको प्रयोग कम गर्ने
  • समय समयमा रक्तचापको जाँच गर्ने· समयसमयमा परामर्श लिने दिने
  • धेरै चिन्ता नलिने
  • ताैल बढी भएमा कम गर्ने ,
  • क्याल्सियम तथा पोटासियमयुक्त खानेकुरा खाने

उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय

  • उच्च रक्तचाप भएमा तरबुजा तथा लिची खानु फाइदाजनक हुन्छ । तरबुजामा क्युकरबोसिटि्रन नामक तत्व पाइन्छ । जसले रक्तबाहिनीलाई चौडा बनाउन मद्दत गर्छ । साथै मिर्गौलालाई सही ढंगले काम गर्न समेत सघाउ पुर्‍याउँछ ।
  • प्याजको रसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । जसले रक्तचाप कम गर्न मद्दत गर्छ । एक चम्चा प्याजको रसमा एक चम्चा शुद्ध मह मिसाएर खाए शरीरलाई आराम मिल्छ ।
  • गाजरको मुरब्बा बनाएर खाँदा पनि उच्च रक्तचापमा फाइदा गर्छ ।
  • मनतातो पानीका साथमा नियमित रूपमा दालचिनी पाउडरको सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।
  • मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाउन राखी बिहान उठेर त्यसको सेवन गर्नाले पनि रक्तचाप तुरुन्तै नियन्त्रणमा आउँछ ।
  • विहान खाली पेटमा लौकाको जुस सेवन गर्दा रक्तचाप नियन्त्रण हुनुका साथै सुगर कोलेस्ट्रोलजस्तो घातक रोग लाग्नबाट समेत जोगिन सकिन्छ ।
  • त्यसैगरी, कागतीको रसको सेवनले पनि रक्तबाहिनीलाई चौडा बनाउन मद्दत गर्छ । जसका कारण रक्त प्रवाह राम्ररी भई रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ।
  • लसुनलाई आयुर्वेदिक औषधीका रूपमा प्रयोग गरिएको पाइन्छ । लसुनमा औषधीय गुण भएकै कारण यसले उच्च रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्‍याउने विज्ञहरूको दाबी छ ।
  • केराको सेवन पनि उच्च रक्तचापका बिरामीलाई निकै फाइदाजनक मानिन्छ । केरामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ, जसले शरीरमा सोडियमको प्रभाव कम गर्न मद्दत गर्छ ।

Key facts On Hypertension

  • Hypertension or elevated blood pressure is a serious medical condition that significantly increases the risks of heart, brain, kidney and other diseases.
  • An estimated 1.13 billion people worldwide have hypertension, most (two-thirds) living in low and middleincome countries.
  • In 2015, 1 in 4 men and 1 in 5 women had hypertension.
  • Fewer than 1 in 5 people with hypertension have the problem under control. Hypertension is a major cause of premature death worldwide.
  • One of the global targets for noncommunicable diseases is to reduce the prevalence of hypertension by 25% by 2025 (baseline 2010).

लेखकः गायत्रा शर्मा, भुवन जाेशी


प्रतिक्रिया दिनुहोस !