८ कार्तिक २०७७, शनिबार
१ कार्तिक २०७७, शनिबार २०:५२

कैलाली अस्पतालमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ।


धनगढी: शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल सञ्चालक जनकराज जोशीले जानकारी दिएका छन । २ जना नर्स र २ जना सफाई कर्मचारीलाई कोरोना देखिएको हो।

अस्पतालका कर्मचारीलाई कोरोना देखिएपछि जनरल वार्ड र एक्सरे सेवा बन्द गरिएको जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !