८ कार्तिक २०७७, शनिबार
१ कार्तिक २०७७, शनिबार १९:०८

गल्छी गाउँपालिका ६ दिनसम्मका लागि बन्द


सांकेतिक तस्वीर

धादिङ । गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए । गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् ।


प्रतिक्रिया दिनुहोस !