८ कार्तिक २०७७, शनिबार
१ कार्तिक २०७७, शनिबार १५:१३

धनगढीकाे चौलानी डिपार्टमेन्टल स्टोरमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि


धनगढी को चौलानी डिपार्टमेन्टल स्टोरमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ कार्यरत एक सय १८ जना कर्मचारीमा कोरोना परिक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

चौलानी डिपार्टमेन्टल स्टोरका प्रबन्ध निर्देशक मानसिंह साउँदले संक्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा बसिरहेका जानकारी दिए । कार्यरत एक सय दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।संक्रमण देखिएका कर्मचारी चौलानी गु्रपअन्तर्गत चौलानी डिपार्टमेन्टल स्टोर र चौलानी बुकमा कार्यरत थिए ।

चौलानी रेष्टुरेन्टमा कार्यरत कर्मचारीमा भने संक्रमण नदेखिएको प्रबन्ध निर्देशक साउँदले जानकारी दिए । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चौलानी डिपार्टमेन्टल स्टोरले आफ्नो सेवा जारी राखेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !