६ कार्तिक २०७७, बिहीबार
१० आश्विन २०७७, शनिबार १६:५९

पाठेघर खस्ने समस्या र यसको उपचार


आङ खस्ने समस्या खास गरि नेपालको ग्रामिण  तथा दुरदराजमा रहेका र असिक्षित महिलाहरुमा हुने प्रमुख समस्या हो ।पाठेघर खस्नुलाइ आङ खस्नु भनिन्छ।पाठेघर खस्नु भनेको महिलाको बच्चा बस्ने घर पुर्ण वा आंशिक  रुपमा आफ्नो स्थानबाट तलतिर खस्नु हो।यो खास गरि पाठेघरलाइ यथास्थानमा राख्न सहयोग गर्ने तन्तु  तथा माम्सपेशिहरु विभिन्न कारणले कमजोर तथा खुकुलो हुनगइ पाठेघर आफ्नो ठाउँ छाडी तलतिर खस्ने अबस्था हो ।

पाठेघर खसेपछी पाठेघर र यस लागाएताका सम्पुर्ण  अङगहरु साथै मुत्र थैली र दिशा थैली पनि आफनो ठाउँ छोडी तलतिर खस्दछन ।नेपालको परिबेशमा यसको अध्ययन अनुसार  खासगरी पहाडी इलाकामा रहेका महिलाहरुमा बढि आङ खस्ने समस्या रहेको पाइएको छ।

पहाडी इलाकामा त्यहाको धरातलिय स्वरुप साथै जिबनचर्याको प्रमुख असर रहेको पाइएकोछ।

उकालो ओरालो अनि जिबिकोपार्जनको प्रमुख पेशा कृषि  भएको कारण  येस क्षेत्रका महिलाहरुमा यो सम्स्याले पौठे जोरि खेलेको पाइएकोछ।येसका साथै हिमाली क्षेत्रमा पनि उतिकै बिकराल बन्दै गएकोछ।त्यस्तै गरि तराइका शहरी इलाका भन्दा गाउँघरमा बढी आङ खस्ने समस्याले जरा गाडेको पाइएको छ।धेरै जसो महिलाहरुले यो रोगबाट ग्रसित हुदा पनि आफुलाई  यो समस्या भएको छ भनेर भन्न हिचकिचाउने गरेको पाइन्छ।किनकी यो येस सम्बन्धि शिक्षाको कमि को कारण  हो।आफ्नो श्रीमान परिवारको अपहेलना र तिर्स्कार झेल्न पर्ला भनेर महिलाहरुले यो समस्या लुकाउदै आएकोले पनि यो समस्याले राम्रोसग जरो गाडेको पाइएकोछ।यो समस्या शहरको तुलनामा गाउमा अत्यन्तै धेरै पाइन्छ कारण  यो छ कि शिक्षाको कमि हो।गाउमा अशिक्षित  हुन्छ्न अनिसानो उमेरमा बिबाह , जन्मानतर कम ,भगवानको आशिर्वाद भन्दै धेरै बच्चा जन्माउने, सुत्केरि अबस्थामा प्रचुर मात्रामा स्याहार नपुग्ने आदि समस्या हुन्छ्न।

“पाठेघर स्थिर नभई, केही मात्रामा चलायमान अङ्ग हो । यसलाई यथास्थानमा राखिराख्न विभिन्न प्रकारका लिगामेन्ट (बाक्ला तन्तु) हरूले टेवा दिइरहेका हुन्छन् । योनीको माथिल्लो भागका लिगामेन्टहरू कमजोर भएर धेरै महिलाको पाठेघर तल सर्छ, जसलाई ‘आङ खसेको’ भनिन्छ ।”

कारणहरु:-

  • सानो उमेरमा नै गर्भधारण  गर्नु
  • सुत्केरी भएको ६ हप्ताभित्रै गहंगो भारी उठाउदा
  • कम समयको अन्तरालमा बच्चा जन्माउदा
  • गर्भवस्था र सुत्केरी अवस्थामा आवश्यक मात्रामा पोषिलो खानेकुरा खान नपाउदा
  • असुरक्षित गर्भपतन गराउदा
  • बच्चा जनमाउने समय अगावै आवश्यकताभन्दा बढी कन्नु वा बल गर्नु
  • सुत्केरी अवस्थामै शारीरिक सम्पर्क गर्नु
  • प्रसूतिपछि आराम नगर्नु
  • सुत्केरी समयमा भारी काम गर्नु
  • प्रसबको समयमा समय भन्दा अगावै धेरै बल गर्नु
  • दक्ष्य स्वास्थ्य कर्मिको उपस्थिति  बिनानै घरमै बच्चा जन्माउनु वा स्वास्थ सेवाको पहुँच  नहुनु।
  • महिनावारी  सुक्नु वा सुक्ने बेला हुनु
  • जन्मजात रुपमानै पाठेघरलाइ अड्याएर राख्ने  मांसपेशि र तन्तुहरुको राम्रो बिकास नहुनु
  • लामो समयसम्म  सुत्केरी ब्यथा लाग्नु  
  • प्रजनन  अङगहरुमा संक्रमण हुनु।
  • लामो समयसम्म खोकी लागिरह्नु  

धुँवा र चुरोटको सेवन- महिलाले चुरोट पिउँछिन् र उनी लगातार खोकिरहन्छिन् भने, खोक्दा उनको पेटमा दबाब पर्न जान्छ । यस्तो बेलामा कमजोर मांसपेशी हुँदा र पाठेघरलाई बाँधेर राख्ने नलीमा पनि दबाब पर्न जान्छ र पाठेघर बिस्तारै आफ्नो स्थान छोडेर बाहिर निस्कन्छ ।

खासगरी धेरै बच्चा जन्माएकी आमामा यो समस्या बढी देखिएको पाइएकोछ,जति धेरै बच्चा जन्मायो उतिनै धेरै चाप पैदा हुन्छ,जसको कारण पाठेघरलाइ आड दिने मा्ंसपेशिहरु कम्जोर र तन्किएको पाइन्छ।

त्येस्तै गरि जन्मान्तर छोटो अबधि हुनु र सानो उमेरमा बच्चा जन्माउने महिलाहरुमा पनि यो समस्या बढी हुने गर्द्छ किनकि यो २ ओटै अबस्थामा बच्चा जन्मिनको लागि चाइने अङगहरुको प्रयाप्त मात्रामा वृद्धि  र बिकास  भैसकेको हुदैन ।धेरै जसो ठाउमा स्वास्थ्यकर्मीविनानै घरघरमा  सुत्केरी  गराउनाले प्रसब समयमा राम्रो हेरचाह हुन नसकेर पनि महिलाको पाठेघर खस्न सक्छ।एक अध्यन्को अनुसार नेपालमा कुल गर्भवति मध्य 60%ले मात्र स्वस्थ  सस्थामा सुत्केरी गराएको पाइएकोछ।

अनि विभिन्न पिछडिएको ठाउमा घरमा सुत्केरी  गराउने र साल निस्केन भने मुखमा कपाल वा कपडाको मुठो राखिदिएर बेस्मारी बलले वाक्न लागाउने,अनि सालसग जोडिएको नलिमा गर्हौ कुरा कोदालो फाली  जस्ता बस्तु राखेर झुन्ड्याउने प्रथा रहेको पाइन्छ जसको कारण  बढि चापको कारण  पाठेघर बाहिर निस्किन्छ।अनि छोराको मान्यता राखेर अआफुखुसी धेरै भन्दा धेरै गर्भपतन गराउनु पनि एक प्रमुख समस्या रहेको पनि पाइन्छ।

काहीँ काहीँ  सुत्केरी समयमा पटुका बान्द्दा माथिबाट तलतिर कस्सिएर  बाधेकोले पनि यो समस्या भएको नेपालका ग्रामीण महिलाहरू घाँस–दाउरा, पानी–पँधेरामा धेरै उकालीओराली गर्नुपर्ने बाध्यतामा छन् । गाउँघरमा धेरैजसो महिला धुम्रपान गर्छन् । उनीहरूलाई धुवाँरहित चुल्हो उपलब्ध छैन । उनीहरूको पोषणस्थिति उस्तै दयनीय छ । सुत्केरी अवस्थामा पनि कामकाजमा मनग्य खट्नुपर्ने तिनै महिला छोटो–छोटो अन्तरालमै बच्चा पाउन बाध्य हुन्छन् । यीमध्ये अधिकांश महिला आङ खस्ने समस्याको शिकार हुन्छन् ।

प्रकारहरु :-

  • First degree: पाठेघर आफ्नो ठाउबाट तल खसे पनि external os भने योनिभित्रै रहन्छ।
  • Second degree: External Os योनिबाहिर निस्कन्छ तर पाठेघरको body भने भित्रै रहन्छ।
  • Third degree: पाठेघरको body योनि भन्दा बाहिर निस्क्न्छ वा पुर्न रुपले बाहिर निस्कन्छ

लक्षण तथा चिन्हहरू:-

  • हिड्दा वा केही काम गर्दा योनिबाट केही निस्किएजस्तो महशुस  हुने।
  • कम्मर दुख्ने र  लतारेको जस्तो अनुभव  हुने।
  • पिसाब फेर्न गारो हुने,पटक पटक पिसाब लागिरहने ,पिसाब  गर्दा दुख्ने ,पिसाब  रोक्न नसक्ने ।
  • यौन संसर्गको समयमा दुख्ने ।
  • ढाड र कम्मरको दुखाइ हुने।
  • हिड्दाखेरी दुई तिघ्राको बिचमा के ड्ल्लो च्यपिएको जस्तो हुने ।
  • टुक्रुक बस्न गारो हुने।
  • पिसाब पुर्ण  रुपमा ननिख्रने।
  • मुत्रमार्गको संक्रमण तथा दिशा गर्ननि गारो हुन्छ।
  • योनिमार्गबाट अत्यधिक मात्रामा सेतो वा रगत मिसिएको पदार्थ बग्ने गर्दछ।
  • पाठेघर नै योनि बाहिर देख्न सकिन्छ।

आङ खस्ने समस्यालाई बढावा दिने तत्तवहरु :-

  • मोटोपना
  • दिर्घ रुपमा खोकी लागिरह्नु
  • लामोसमयसम्म कब्जियत हुनु

जटिलताहरु:-

  • पाठेघर झरेपछि तन्केर जान्छ र त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् । नपुगेपछि त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ, अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर हुन्छ, त्यसपछि सेतो पानी बग्छ, खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ ।
  • पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । त्यसले संक्रमण हुन्छ, पिसाब गर्ने पोजिसन फरक गरेपछि मात्रै पिसाब हुन्छ ।
  • सामाजिक जटिलता पनि हुन्छ । सेतो पानी बगिरहन्छ, रगत पनि बग्न सक्छ, पिसाब पनि चुहिन्छ । यस्तो हुँदा दुर्गन्ध हुने भएका कारण सामाजिक भेलामा महिलाहरूलाई जान गाह्रो हुन्छ । सानो उमेरमा विवाह गरेर बच्चा पाउँदा पनि पाठेघर खस्छ । यौनसम्पर्क गर्न गाह्रो हुँदा उनीहरूको दाम्पत्य जीवनमा जटिलता आउन सक्छ । यसले मनोवैज्ञानिक असर पर्न जान्छ  ।

उपचार

  •  आङ खसेका महिलाको उपचार बिरामीको अवस्था हेरेर विभिन्न तरिकाबाट गर्न सकिन्छ । जसमा व्यायाम, रिङ पेसरी र शल्यक्रिया मुख्य हुन् । यदि पाठेघर अलिकति मात्र तल खसेको छ, अर्थात् चिकित्सकीय भाषामा पहिलो चरणमै छ भने सामान्य व्यायाम गराएर पनि उपचार गराउन सकिन्छ ।
  •  गुप्तांगमा रिङ पेसरी राखेर झरेको पाठेघरलाई भित्रै अड्काएर राख्ने विधिलाई रिङ पेसरी भनिन्छ । यो प्रयोग गरेको प्रत्येक तीन महिनामा फेर्नुपर्ने हुन्छ ।
  •  महिलाको पाठेघर गुप्तांगबाट बाहिरै निस्केको भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियाबाट कसैको पाठेघर पुरानै अवस्थामा फर्काउन सकिन्छ भने कतिपयमा अवस्था हेरेर पाठेघर निकालेरसमेत उपचार गर्नुपर्ने हुन्छ । 

रोकथामका लागि अपनाउनुपर्ने उपाय

  • सानै उमेरमा विवाह नगर्ने । 
  • गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गर्ने । 
  • चिकित्सकको सल्लाहअनुसार नियमित आइरन चक्की  र क्याल्सियम खाने । 
  • गर्भवती अवस्थामा भारी सामान नउचाल्ने । 
  • गर्भवती अवस्थामा यौन सम्पर्क नगर्ने, सुत्केरी भएको ३ देखि ६ महिनासम्म यौन सम्पर्क नगर्ने ।
  • सुत्केरीपछि कम्तीमा पनि ३ देखि ५ महिना आराम गर्ने ।   
  • पोषणयुक्त खाना खाने । 
  • कम्तीमा २ वर्षको जन्मान्तरमा अर्काे बच्चा जन्माउने जस्ता कुरालाई अपनाउन सकेको खण्डमा आङ अर्थात पाठेघर खस्ने समस्या कम हुनसक्छ । 

लेखकः गायत्रा शर्मा, भुवन जाेशी


प्रतिक्रिया दिनुहोस !