६ कार्तिक २०७७, बिहीबार
९ आश्विन २०७७, शुक्रबार १९:५६

कोरोना भाइरस नेपाल: पीसीआर परीक्षण गर्न सास्ती, यस्तो छ धेरै जनाको व्यथा


पीसीआर परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लाइन बस्दै

कोरोनाभाइरसको सङ्क्रमण भए नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण गर्न आउने सेवाग्राहीहरूले व्यवस्थापन पक्ष फितलो भएको भन्दै सरकारको आलोचना गरेका छन्।

लक्षण नदेखिएका मानिसमा कोरोनाभाइरस परीक्षण निषेध गरिएको भए पनि घरपति र रोजगारदाताको ‘पीसीआर रिपोर्ट ल्याउनैपर्ने’ सर्त तथा सुलभ परीक्षण शुल्कका कारण सरकारी परीक्षण केन्द्रहरूमा परिक्षण गराउनेको भिड लागेको बताइन्छ।

सरकारको नियम र अस्पतालको व्यवहारबीच तालमेल नहुँदा आफूहरूले थप जोखिममा परेको परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका मानिसहरूले बताएका छन्।

न्यूनतम सामाजिक दूरी कायम गरिनुपर्ने, टोकन प्रणाली र जनशक्ति थप गरेमा जोखिम र चाप दुवै कम हुनसक्ने उनीहरूको सुझाव छ।

हेर्नुहोस् बि.बि.सी नेपाली कमल परियारले बनाएको यो भिडिओ।

Tags :

प्रतिक्रिया दिनुहोस !