गर्भवतीको उद्धार

फाइल फाेटाे
पाँचथरमा स्वस्थ्य अबस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकाबाट तुम्बेवा गाउँपालिकाको मामली घरमा बस्दै आएकी एलिसा लिम्बुलाई तुम्बेवा गाउँपालिकाको पहलमा उद्धार गरिएको हो ।
व्यथाले च्यापेपछि उनि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी थिइन् । तर उनको अवस्था गम्भिर भएपछि स्वास्थ्यकर्मीले अस्पताल लानुपर्ने बताएका थिए । निरन्तरको वर्षाका कारण यातायातका साधन गुडेका थिएनन् ।
पीडित परिवारले गाउँपालिकासंग सहयोगको लागि अपिल गरेको थियो । त्यसपछि गाउँपालिकाको समन्वयमा हेलिकप्टरबाट कोशी अस्पताल बिराटनगर पठाइएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । “गर्भवती महिलाको अवस्था गम्भीर थियो । मौसमको कारणले सडक संजालबाट कुनै उपाय थिएन् थापाले भने,’ जिल्ला प्रशासन मार्फत महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालयसम्म समन्वय गर्यौं । त्यसपछि हेलिकप्टर आयो अनि उनको उद्धार भयो ।’