४ असार २०७८, शुक्रबार
६ आश्विन २०७७, मंगलवार २१:०९

डिप्रेसन के हो ? यसका प्रकार, कारण र उपचार विधिहरू के-के हुन् ?


डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ।

डिप्रेसन कम कडा खालको मानसिक रोग हो। अर्को शब्दमा दिग्दारी रोग हो। सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो।

हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २-४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन ।

रमाइलो लाग्दैन, जीउ गल्छ, थकाई बढी लाग्छ, भोक र निद्रामा गडबडी हुन्छ, नकारात्मक बिचारहरु आउँछन्, आत्मबिश्वास घटदै जान्छ, पश्चाताप लाग्छ र मनमा छट्पटी भइराख्छ । यसरी निरन्तर २ हप्ता वा सोभन्दा बढी समयसम्म मन दुःखी, उदास, खिन्न, निराश, नरमाइलो हुनु दिक्कदारीपन हो ।

डिप्रेसनसँग सम्बन्धित तथ्यहरु

  • डिप्रेसन भएका व्यक्तिले ३- ४ गुणा धेरै सपना देख्छन।
  • डिप्रेसन भएका व्यक्ति  छिटो बुढो देखिन्छन।
  • पुरुष भन्दा महिला २ गुना बढीले डिप्रेसनको शिकार हुन्छन। महिलामा डिप्रेसन बढी हुने खास कारण थाहा भएको छैन तर सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले र महिलामा एस्ट्रोजेन हर्मोन उत्पादनमा हुने भएकोले गर्दा यसले न्युरो टान्समिटर उत्पादनमा तल माथि ल्याउने भएकोले डिप्रेसन रोग बढी लागेको भन्ने अनुमान छ।
  • रक्सी र लागू पदार्थ खाने व्यक्तिमा डोपमिने र सेरोटोनिनको उत्पादनमा गडबडी  हुने भएकोले गर्दा डिप्रेशनकाहुने देखिन्छ।
  • बढी इन्टरनेट प्रयोगकर्तामा मानसिक डिप्रेशन देखिन्छ।
  • धेरै समयसम्म औषधी प्र्योगकर्तामा डिप्रेशन देखिन्छ जस्तै:  कोर्टिकोस्टेरोइड्, ब्रन्कोडाइलेटर् , कोन्ट्रासेप्टिक्, अन्टीकेन्सर आदी

नेपाल स्वास्थ्य अनुसंन्धान परिषद द्वरा संन्चालित राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ मुख्य बुँदाः-

वयस्कमाः

  • सर्वेक्षणमा आएको परिणम अनुसार १०प्रतिशत वयस्कमा आफनो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या पाइएको छ ।
  • ३ प्रतिशत वयस्कमा उदासिनतको समस्या देखिएको छ ।
  • ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्यकाको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफनो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइयो ।

किशोर–किशोरीमा:

  • ५.२ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको देखिएको छ ।
  • ०.६ प्रतिशत किशोर किशोरीमा उदासिनताको समस्या देखिएको छ ।
  • ३.९ प्रतिशत किशोर किशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र ०.७ प्रतिशत किशोर किशोरीले आफनो जीवनकालमा आत्महत्यको सोच रहको पाइयो ।

आत्महत्याको सबभन्दा ठूलो कारक तत्व भनेको डिप्रेशन हो । हालसम्मको रिसर्चअनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेशनको शिकार भएको पाइएको छ । डिप्रेशनको औषधी खाइरहेको बेलामा आत्महत्याको विचार घट्नुको सट्टा झन बढ्न सक्छ ।

डिप्रेशनका कारणहरु
अनुसन्धानकर्ताकाअनुसार डिप्रेशनको स्पष्ट कारण अहिले पनि पहिचान हुन सकेको छैन। डिप्रेशन धेरै कारणले हुनसक्छ । जस्तैः

  •   धेरै चिन्ता अथवा तनाव : धेरै चिन्ता वा तनावले पनि शरीरमा हर्मोन लेभल बढदै जान्छ: जस्तै अड्रीनालिन्, कोट्रीसोल जसको कारणले डिप्रेशन गराँउछ ।
  • मस्तिस्कमा न्युरोटान्समिटर ले सहि ढंगले काम नगरेमा : मानसिको मस्तिस्कमा न्युरोटान्समिटर विशेष रुपमा सेरोटोनिन, डोपामाइन, यानोर एपिइनेफ्रइने खुशी र आनन्दको अनुभव प्रदान गर्दछ । यदि यि नेउरोटन्समिटरको असन्तुलन भयो भने डिप्रेशन हुनसक्छ ।
  • कार्यव्यस्तता वा धेरै मात्रामा रक्सी चुरोट सेवन गरेमा पनि डिप्रेशन बढाउन मद्धत पुग्छ ।
  •  कम आत्मसम्मान, आर्थिक भार र निराशावादी भएमा डिप्रेसन हुनसक्छ।
  •  कठिन सम्वन्ध वा शारीरिक यौन शोषण भएमा पनि डिप्रेशन हुनसक्छ ।
  •  खराब बाल्यकाल, सामाजिक बहिस्कार बढदै जाँदा पनि डिप्रेशन हुनसक्छ ।
  • दीर्घरोगहरु मधुमेह, मिर्गौला जस्ता रोगका कारण पनि डिप्रेशनमा बढोत्तरी हुनसक्छ ।
  • आकस्मिक वा अस्वभाविक घटनाक्रम जस्तै नजिकको मान्छे एक्कासी मर्नु , हानी नोक्सानी हुनु
  • गर्भवस्थामा संक्रमण भएर मस्तिष्ककोवृद्धि रोकिन गएमा डिप्रेशन हुनसक्छ।
  • समाजबाट टाढा रहनाले, बसाइ सर्नाले डिप्रेशन हुनसक्छ।

लक्षणहरू

डिप्रेशनका मुख्य तीनवटा लक्ष्यणहरु हुन्छन्।

  • उदासीनता
  • इच्छाशक्तीको अभाव
  • शारीरिक कमजोरी

यो तीनवटा लक्ष्यणहरु कुनै शारीरिक रोगहरुले गर्दा भएको छैन भने त्यो डिप्रेशनको अवस्था हो।

यसका अन्य लक्ष्यणहरु पनि छन्।

  • ध्यानको कमी
  • आत्मबलको कम्जोरी
  • हिनताबोध
  • पश्चाताप हुने , बिना कारणले सानो–सानो कुरामा पनि पश्चताप हुने हुन्छ। निन्द्रा नहुने, खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने

डिप्रेशनका प्रकारहरु :

  • न्युरोटिक डिप्रेसन:  यस्ता बिरामीहरु मलाई कस्तो रोग लाग्यो भनि चिन्ता गर्छन।
  • साइकोटिक डिप्रेसन: यस्ता बिरामीहरु अरु मानिस देखि संका गर्ने गर्छन।
  • सेनाइल डिप्रेसन:  बुढेसकालमा देखिने डिप्रेसनलाइ सेनाईल डिप्रेसन भनिन्छ।यस्ता बिरामीहरु प्राय: आत्महत्या गर्ने डर हुन्छ।एक्लै बोल्ने, एक्लै हाँस्ने पनि गर्न सक्छन्।
  • डिप्रेसन स्टूपर:  यस्ता बिरामी अत्यन्त नचली नवोलि बस्छन्, कोहि बिरामीहरु त्यसरी बस्दाआँखामाआँसु बगाइ रहन्छन्।
  • एजिटेटेड डिप्रेसन:  यस्ता बिरामीहरुअत्यन्त छटपट गर्छन्। एक ठाउँमा बस्न सक्दैनन्। आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन्।
  • रेटार्डेड डिप्रेसन:  यस्ता बिरामीहरु बहूत कम बोल्छन् टोलाउने गर्छन्।
  • बच्चामा देखिने डिप्रेसन: बच्चामा दखिने डिप्रेसन केहि फरक हुन्छ। पेटदुख्ने, टाउकोदुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण लिई यस्ता बिरामी आउछन्।
  • बयस्कमा पाईने डिप्रेसन: यस्ता बिरामीहरु अनेक शारिरिक लक्षण लिइ पटक पटक डाक्टर कहाँ धाउछन्।
  • जाडो महिनामा पाईने डिप्रेसन : केहि डिप्रेसन जाडो महिनामा मात्र देखापर्छ।यस्तो डिप्रेसनलाई जाडो महिनामा पाउने डिप्रेसन भनिन्छ।रात लामो हुनाले मेलाटोनिन (Melatonin) भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ।
  • छोपिएको डिप्रेसन(Masked Depression): यस्ता बिरामी बाहिरी रुपमा खुशी देखिन्छन् ।र जब बिरामीकोबारे हामी जानकारी लिन्छौ तव बिरामी रुने गर्छन।
  • दोहोरिएको डिप्रेसन(Recurrent Depression): करिव ५०% बिरामीहरुमा डिप्रेसन रोग दोहोरिने सम्भावना रहन्छ।औषधी छुटाउने, बिरामीको घरायसि वातावरण राम्रो नहुनाले र कहिलेकाहीऔंषधी सेवन गर्दा गदै पनि यस्तो हुन्छ।

उपचार

  • समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ। हामीकहाँ भ्रम छ, डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ, त्यो गलत हो। केही समय औषधि खाएपछि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ। औषधि लिइरहनुपर्दैन। तर, सही ठाउँमा सही उपचार हुनुपर्छ। यसको दुई पद्धतिबाट उपचार हुन्छ, एउटा औषधिद्वारा उपचार गरिने पद्धति, अर्को परामर्श (साइको थेरापी) पद्धति।
  • अन्दाजीका भरमा मात्रै रोगको उपचार गरेर हुँदैन। त्यसैले पहिला कस्तो खालको डिप्रेशन हो त्यो पत्ता लगाएर उपचार गर्नुपर्छ।
  • बिरामीको लागि सुहाउदो उपचारको पद्धती के हुन्छ त्यसबारे बिरामीसँग छलफल गर्नुपर्छ। बिरामीको आफन्तसँग छलफल गरेर उपचार बिधि बनाउनुपर्छ।
  • त्यसपछि औषधीको उपचार, मानसिक उपचार (साइको थेरापी) गर्न सकिन्छ।
  • डिप्रेशनको लागि बिरामीको आवश्यक्ता अनुसार चिकित्सकले औषधी दिन्छ।
  • साइको थेरापीमा मानिसको नकरात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्ने कुरा सिकाइन्छ। यसका लागि बिभिन्न तरिका अपनाइन्छ। सामूहीक रुपमा र व्यक्तीगत रुपमा बार्ताको माध्यमबाट बिरामीको उपचार गर्न सकिन्छ।
  • मनो चिकित्सकको सल्लाह बिना आफुखुसी यसको औषधी लिनु हुँदैन। बजारमा पनि चिकित्सकको सिफारिस बिना औषधी पाइदैन।
  • लामो समयसम्म यसको औषधि प्रयोग गर्न पर्ने पनि हुनसक्छ। औषधिको प्रभाव देखिन दुई तीन हप्ता समय लाग्न सक्छ। औषधी आज खानसाथ भोलि निको हुने भन्ने हुँदैन।९ महिनादेखी १ वर्षसम्म यसको औषधी प्रयोग गरिरहनु पर्ने हुन्छ।
  • डिप्रेशनका लक्षण पुरै नियन्त्रण हुन्छन् तर भविष्यमा फेरि त्यस्तै तनावको अवस्था आयो भने दोहोर्‍याएर आउन सक्छ। एकपटक ठिक हुनसाथ जिवनभरी ठिक भयो भन्ने हुदैन। एकपटक डिप्रेशन भएर त्यसको उचीत उपचार भइसकेपछि लामोसमय सम्म डिप्रेशन रहीत भएर बस्न सकिन्छ। तर भविष्यमा गएर यदि त्यस्तै तनाव भयो भने दोहोरिएर आउन सक्छ।
  • २० वर्षको अवधिमा ४ देखी ५ पटक सम्म डिप्रेशनले सताउन सक्छ।
  • यदी उपचार गरिएन भने ६ देखि १३ महिनामा आफैं ठिक हुन्छ। उपचार गरियो भने २ देखि ३ महिनामा ठीक हुन्छ।

ध्यानदिनुपर्ने कुरा

  • अत्याधिक महात्वकांक्षी नहुने
  • किशोर-किशोरीको पढाइमा, वयस्कले काम तथा जागीरमा, खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नु राम्रो हो । तर धेरै तनाव लिएर प्रतिस्पर्धा नगर्ने ।
  • आफूसँग नभएका चिजबिजभन्दा पनि आफूसँग भएका चिजबिज जस्तैः सिप, गुण, क्षमता, शिक्षा, सम्पत्ति आदिबारेमा नियालेर हेर्ने र सन्तोषको अनुभव गर्ने ।
  • खुसी हुँदा, हाँस्दा, कुनै कुरालाई सकारात्मक सोच्दा, खेल- मनोरञ्जन-शारीरिक व्यायाम गर्दा, मस्तिष्कमा राम्रो प्रभाव पार्छ, त्यसकारण यस्ता कुराहरुमा सहभागी हुने ।
  • आफूलाई दुःख दिने, नराम्रो गर्ने मानिसको बारेमा सम्झिराख्नुभन्दा सुख तथा सहयोग गर्ने व्यक्तिको बारेमा सम्झिनु राम्रो हुन्छ ।
  • जिन्दगीमा केही गर्न सकिएन, बेकार र धिक्कार छ, यो जिन्दगीलाई भन्नुभन्दा पनि हालसम्म आफूले गरेका कामलाई शान्त मनले सम्झिने ।
  • घर परिववारमा (श्रीमान्, श्रीमती, छोरा, छोरी, सासु–बुहारी) बीचको सम्बन्ध राम्रो बनाउने ।

आफैँले दैनिक ध्यानदिने कुराहरू

  • दैनिक तीसदेखि पैँतालीस मिनेट जति हिँड्ने वा शारीरिक व्यायाम गर्ने,
  • चुप लागेर एउटा कुनामा बस्नुभन्दा घर, कोठा, बारी, बगैँचामा आफूले गर्न सक्ने काम गर्ने,
  • आफूलाई मनपर्ने कुनै गीत-भजन वा अन्य रमाइलो कामकाज गर्ने,
  • आफूलाई मनमा लागेका कुरा आफैँभित्र राख्नुभन्दा परिवारका सदस्य तथा आफूलाई विश्वास लागेका मानिसलाई सुनाउने,
  • प्रशस्त पानी तथा खानेकुरा, फलफूल खान मन नलागे पनि खाने प्रयास गर्ने ।

मनोसामाजिक सहयोग

  • बिरामीले आफ्नै लागि केहि सानोतिनो काम गरेको छ । जस्तैः नङ काटेको, कपाल कोरेको, लुगा सफा गरेको छ, भने हौसला तथा प्रोत्साहन दिने,
  • बिरामीको हातमा सबै औषधी एकैपटक नदिने, औषधी खुवाँउदा खान नमानेमा बल प्रयोग नगर्ने, सम्झाई बुझाई खुवाउने,
  • बिरामी निको हुँदै गएपछि बिरामीलाई रोग लाग्दा के भएको थियो, त्यसबारेमा राम्रोसँग बुझाउन, सम्झाउन सहयोग गर्ने,
  • रोग फेरि लाग्न नदिन के–के गर्नुपर्छ भनेर सम्झाउने । जस्तैः दिइएको औषधी नियमितरूपमा खाने, आफूलाई अलिकति पनि व्यवहारमा परिवर्तन आएजस्तो लाग्यो भने फेरि पनि चिकित्सक-स्वास्थ्यकर्मीकोमा जाने, खानपानमा ध्यान दिने, थकाई लागेमा आराम गर्न दिने,
  • बिरामीका मनका कुरा सुन्ने–सुनाउने साथी नहुन सक्छन् । तसर्थ परिवारका सदस्य नै कहिलेकाहीँ उसको साथी बनिदिने,
  • आत्महत्याको विचार झल्किने खालका विचार व्यक्त गरेमा बिरामीलाई निगरानीमा राख्दै उपचारको लागि मनोचिकित्सककहाँ जानका लगि सहयोग गर्ने
  • औषधीले काम गर्न कम्तीमा पनि दुई हप्ताभन्दा बढी समय लाग्ने हुनाले धैर्य हुने र बिरामीलाई पनि सोहीनुसार सम्झाउने ।
Tags :

प्रतिक्रिया दिनुहोस !