४ असार २०७८, शुक्रबार
५ आश्विन २०७७, सोमबार २०:३४

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सम्पन्न, ४.३ प्रतिशत वयस्कमा मानसिक समस्या


नेपाल स्वास्थ्य अनुसंन्धान परिषद द्वरा संन्चालित राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सम्पन्न भएको छ । सर्वेक्षणको रिपोर्ट परिषदका अध्यक्ष प्रा.डा. अन्जनी कुमार झा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्री महेन्द्र प्रसाद श्रेष्ठ, परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवाली लगायतको उपस्थितिमा भर्चुवल जुम मिटिङ मार्फत सार्वजानिक गरिएको थियो ।

परिषद्द्धारा जनवरी २०१९ देखी जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरिएको मानसिक स्वास्थ्य सर्वेक्षणमा जम्मा १५,०८८ जनाको सर्वेक्षण गरिएको थियो जस मध्ये ९,२०० जना १८ वर्ष माथिका वयस्क थिए भने ५,८८८ जना १३–१७ वर्ष सम्मका किशोर–किशोरी थिए ।

सर्वेक्षणको मुख्य परिमाणहरु निम्न अनुसार छन् –

वयस्कमाः

१. सर्वेक्षणमा आएको परिणम अनुसार १०प्रतिशत वयस्कमा आफनो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या पाइएको छ ।
२. ३ प्रतिशत वयस्कमा उदासिनतको समस्या देखिएको छ ।
३. ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्यकाको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफनो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइयो ।
४. ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेको कारण र ०.२ प्रतिशत वयस्कमा मादक पदार्थ बाहेकका अन्य कुनै पदार्थको नसालु पदार्थ प्रयोग । सेवन गरेको कारण मानसिक समस्या भएको पाइयो ।

५. प्रदेशगत रुपमा हेर्दा बाग्मती प्रदेशका बयस्कहरुमा सबैभन्दा धेरै अर्थात ५.९ प्रतिशत मा हालमा मानसिक समस्या रहेको पाइयो ।
६. त्यसैगरि उमेरगत रुपमा हेर्दा ४०–४९ बर्ष उमेर समुहका ६.३ प्रतिशत वयस्कमा यस्तो समस्या देखियो ।
७. त्यसैगरि बयस्क उमेर समुहभित्रका महिला र पुरुषको तुलना गरेर हेर्दा ५.१ प्रतिशत महिलामा र ३.४ प्रतिशत पुरुषमा मानसिक समस्या रहेको देखियो ।

किशोर–किशोरीमा:

१. ५.२ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको देखिएको छ ।
२. ०.६ प्रतिशत किशोर किशोरीमा उदासिनताको समस्या देखिएको छ ।
३. ३.९ प्रतिशत किशोर किशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र ०.७ प्रतिशत किशोर किशोरीले आफनो जीवनकालमा आत्महत्यको सोच रहको पाइयो ।
४. ०.६ प्रतिशत किशोर किशोरीमा मादक पदार्थ लगाएत अन्य कुनै प्रकारको नसालु पदार्थ सेवन गरेको कारण मानसिक समस्या भएको पाइयो ।
५. प्रदेशहरुको सन्दर्भमा सबै भन्दा बढि प्रदेश नं. १ का किशोरकिशोरीमा मानसिक समस्या (११.४प्रतिशत) रहेको पाइयो ।
६. त्यसैगरी उमेर समुहको सन्दर्भमा १६ बर्ष (७.७ प्रतिशत) उमेरका किशोर किशोरीमा बढि मानसिक समस्या रहेको देखियो ।
७. किशोरीमा ५.३ प्रतिशत र किशोरहरुमा ५ प्रतिशत समस्या रहेको देखियो ।

सवेंक्षण अनुसार २३ प्रतिशत वयस्कले आफुमा लक्षण देखिए पश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । सहयोग प्रदायक व्यक्ति वा चिकित्सक मध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६.७ प्रतिशत जोखाना, हेर्ने, पुजाआजा गर्ने र धामिझाक्रि लगाउने गरेको पाइयो ।

कुनै न कुनै प्रकारको मानसिक समस्या भएको व्यक्तिलाई चिकित्सकको परामर्श लिन बाट बन्चित गर्ने मुख्य कारण निम्नलिखित भएको पाइयो ।

  • आफुलाई कुनै पनि मानसिक समस्या भएको छैन भनी सोच्नु ।
  • यस्तो समस्या आँफै समाधान होला भनी सोच्नु ।
  • आफनो समस्या कहाँ गएर समाधान गर्ने भन्ने जानकारी नहुनु ।
  • आफुमा मानसिक समस्या छ भन्ने थाहा पाए लज्जित हुने डर हुनु ।
  • सबै मानिसले आफुलाई बहुला वा पागल भनी चिन्छन भन्ने डर हुनु ।

प्रतिक्रिया दिनुहोस !