१९ मंसिर २०७८, आईतवार
४ आश्विन २०७७, आईतवार ०८:०४

डाक्टर केसीलाई जबर्जस्ती अस्पताल लगियाे


०४ असाेज, जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

‘हिजोअस्ति राति उहाँसँगै बसे पनि आज (शनिबार) अरू नयाँ साथीहरू बस्नु भएकाले साँझ म घर आएको थिएँ,’ कार्कीले भने, ‘प्रहरी आएर जबर्जस्ती लगेछन् ।’ चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनले अस्पताल जान मानेका थिएनन् ।

अस्पताल लगिएपछि डाक्टर केसीले अस्पतालकाे आइसियूबाट माग पूरा गुर्नको साटो प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस !