५ कार्तिक २०७७, बुधबार
२८ भाद्र २०७७, आईतवार २२:५६

‘कोरोना लागेपनि आफ्नै छोरा हो, सँगै बस्छु’


‘दाइ, आज कोभिड आइसियूका दुई बिरामी एक्सपाएर (मृत्यु) हुनुभयो,’ क्यान्टिनबाहिर बसिरहेका एक जना सर फोनमा कसैलाई भन्दै थिए । म दुई रेजिडेन्ड दाइसँग खाजा खान  क्यान्टिनतिर जाँदै थिए ।

उनको मिर्गौला फेल भएको रहेछ । उनको शरीरमा रगतको मात्रा ४.६ मात्रै थियो । उनैलाई कोरोना संक्रमणसमेत भएको रहेछ ।  

 दिउँसोको करिब ४ बजेको थियो । कोरोना महामारीमै पनि हस्पिटलमा बिरामीको चाप कम भएको थिएन । बिहानको खाजापछि हामीले चिया पनि खान पाएका थिएनाैँ । क्यान्टिन बाहिर मेडिसिन वार्डका सरहरू कोरोनाकै विषयमा छलफल गर्दै रहेछन् ।

नेपथ्यबाट सरलाई सोधियो, ‘को को नि ?’ 

विदेशका घटना सम्झिएँ– पिपिई लगाउँदा लगाउँदै संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पिपिईको पनि के भर र ? 

सरले जवाफ दिए, ‘दाइ, एक जना कोभिड बिरामी र अर्का ननकोभिड बिरामी । ननकोभिड बिरामीको हिजो भर्खर इन्टुबेट (कृत्रिम श्वासनली)  गरेका थियौं ।’ 

मेडिसिन वार्डका सरले इन्टर्नहरुलाई पनि रेजिडेन्ट सँगसँगै बेलुकीको कोभिड राउन्डमा जान भनेका थिए । आज मेरो पालो थियो कोभिड राउन्डमा जाने । 

हाच्छिउँ गर्दा पनि कता कता शंका लाग्थ्यो । र, सोच्थें– आज कुन कुन बिरामी हेरें, ती बिरामीलाई ज्वरो आएको थियो कि थिएन ? बिरामीको रिपोर्ट नेगेटिभ थियो कि थिएन ?
 

खाजा खाँदै गर्दा  एक सरले हाम्रो हालखबर साेधे, र भने, ‘कोभिड केस निकै बढ्न थालेकाले केयर गरेर काम गर्नुहोस् ।’ 

एमबिबिएस इन्टर्नहरुका लागि यो नौलो अवसर भएको जानकारी पनि दिए । उनले भने,  ‘डनिङ डफिङ (पिपिई लगाउने तरिका) सिकिन्छ, नयाँ अवसर र अनुभव पनि हो । कोरोनाको बिरामी कस्ता हुँदो रहेछन्, कोरोना वार्ड र कोभिड आइसियूमा बिरामीको उपचार कसरी हुँदो रहेछ,  पाटन अस्पतालको कोरोना उपचार गर्ने प्रोटोकल कस्तो रहेछ र अनि हस्पिटलका कर्मचारी यस्तो विषम परिस्थितिमा कसरी काम गर्दै हुनुहुन्छ, थाहा हुन्छ ।’ उनी क्यान्टिनबाट बाहिर गए ।

एक सातामा स्वास्थ्यकर्मीले ६० घण्टाको ड्युटी गर्दा रहेछन् । कोरोनाका बिरामी थपिने मर्ने क्रम बढेकाले मनभरि डरत्रास छँदै थियो । नर्मल वार्डमा समेत कोरोना संक्रमण जोखिम  छैन भनेर भन्न सक्ने अवस्थामा पनि थिएन । इमर्जेन्सीबाट मेडिसिन वार्डमा बिरामी भर्ना गर्दा कोही कोभिड नेगेटिभ, कोही पोजेटिभ र कोहीसँग  रिपोर्ट नै हुँदैनथ्यो । हामी त्यस्ता बिरामीको स्वास्थ्य जाँच गर्थ्याैँ । हाच्छिउँ गर्दा पनि कता कता शंका लाग्थ्यो । र, सोच्थें– आज कुन कुन बिरामी हेरें, ती बिरामीलाई ज्वरो आएको थियो कि थिएन ? बिरामीको रिपोर्ट नेगेटिभ थियो कि थिएन ?

तिमी  डराउनै पर्दैन तिमीलाई पिपिई दिन्छन्, मास्क केएन ९५ दिन्छन्, सम्पूर्ण कुरा भित्रै हुन्छ । पहिलो दिन तिमीलाई अलि एन्जाइटी जस्तो भएको होला तर एक पटकभित्र गएपछि सबै कुरा नर्मल लाग्छ । 

कोभिड नेगेटिभ भए पनि पिसिआरले कहाँ शतप्रतिशत नेगेटिभ हो भन्न सक्छ र ? लक्षण नभएका बिरामीलाई पनि त हेरेँ कि ?  यस्ता कुरा सम्झँदा मन आत्तिरहन्थ्यो ।

खाजा खाँदै गर्दा  रेजिडेन्ट दाइहरुसँग रातिको कोभिड राउन्डमा सहभागी हुने कुरा सुनाए । सायद त्यतिबेला मेरो अनुहार मलिन भएको थियो । उनीहरूले ढाडस दिँदै भने, ‘तिमी  डराउनै पर्दैन तिमीलाई पिपिई दिन्छन्, मास्क केएन ९५ दिन्छन्, सम्पूर्ण कुरा भित्रै हुन्छ । पहिलो दिन तिमीलाई अलि एन्जाइटी जस्तो भएको होला तर एक पटकभित्र गएपछि सबै कुरा नर्मल लाग्छ ।’ 

उनीहरुका कुराले केही ढुक्क भएँ । विदेशका घटना सम्झिएँ– पिपिई लगाउँदा लगाउँदै संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पिपिईको पनि के भर र ? 

तीन तहको मास्क, जसमा पहिलो तहमा सर्जिकल मास्क, दोस्रो तहमा केएन ९५ र तेस्रो तहमा पुनः सर्जिकल मास्क लगायौं । प्रत्येक तहको मास्कमा पेपर टेपले टमक्क पार्‍यौं । ठुलो बुट लगायौं, पिपिई लगायौं, पिपिईमा मिलेसम्म टेप लगाएर टम्म पार्‍यौं ।

बेलुकी सात बजेतिर खाना खाएँ । र, कोभिड राउन्डका लागि तयार भएँ  । राउन्डमा रेजिडेन्ट दिदी, कार्डियोलोजिस्ट सर र म थियाैँ । सुरुमा हामी आइसोलेसन ए कक्षको नर्सिङ स्टेसनमा गयौं । क्रमैसँग सम्पूर्ण बिरामीको फाइल हेर्‍यौं । बिरामीको अवस्था र औषधी खुवाइएको नखुवाइएको बारेमा  जानकारी लियौँ । र, आगामी दिनका लागि प्लान बनायौं । 

यसपछि हामी आइसोलेसन ‘बी’ मा गयौँ । यहाँ पनि अघिकै काम दोहोर्‍यायौं । 

मेरो बिरामीलाई आइसोलेसनबाट कहिले निकाल्ने ? कोरोनाको कुनै लक्षण नै छैन म कसरी संक्रमित भए ।

राउन्डमा जान तयारी कक्षमा गयौं । सुरुमा हामीले स्क्रब लगायौँ । त्यसपछि तीन तहको मास्क, जसमा पहिलो तहमा सर्जिकल मास्क, दोस्रो तहमा केएन ९५ र तेस्रो तहमा पुनः सर्जिकल मास्क लगायौं । प्रत्येक तहको मास्कमा पेपर टेपले टमक्क पार्‍यौं । ठुलो बुट लगायौं, पिपिई लगायौं, पिपिईमा मिलेसम्म टेप लगाएर टम्म पार्‍यौं । अन्त्यमा पिपिईको टोपी र गगल्स (चस्मा) लगाएर राउन्डका लागि तयार भयौं । पिपिईमा गरिएको विशिष्ट डिजाइनले गर्दा भित्रभित्रै उधुमै गर्मी भएको थियो, कताकता डरसमेत लागिरहेको थियो । मुखबाट निस्केको बाफले गर्दा चस्मा पुरै ढाक्दो रहेछ । जसले गर्दा अक्षरहरु चिन्नसमेत गाह्रो हँुदो रहेछ ।  

नर्सिङ स्टेसनमा तयार पारिएको लिस्ट बाेकेर आइसोलेसन ‘ए’मा पुग्यौं । प्रत्येक बिरामीलाई हेर्दै अवस्था सोध्दै, चेकजाँच गर्‍यौं । चस्मामा लागेको बाफले गर्दा  एउटा आँखाले स्पष्टसँग देख्न सकेको थिइनँ । रेजिडेन्ट दिदी र कार्डियोलोजिस्ट सरले पनि बाफले गर्दा देख्न नसकिरहेको बताउँदै थिए । देब्रे आँखाबाट मैले अलिक राम्रोसँग देखेको हुनाले बिरामीको लिस्ट मैले लिएँ । लिस्टमा भएका कुराहरु उनीहरुलाई सुनाएँ ।  उनीहरुले डिसिजन र उपचारको प्लान बनाए ।

राउन्डका बेला बिरामी र कुरुवाले हामीसँग आक्रोश पोख्नुहुन्थ्यो, सारै दुःख लाग्थ्यो ।  कुरुवाहरु भन्थे– अरू हस्पिटलमा कति चाँडै रिपोर्ट आउँछ, यहाँ किन ढिलो ? मेरो बिरामीलाई आइसोलेसनबाट कहिले निकाल्ने ? कोरोनाको कुनै लक्षण नै छैन म कसरी संक्रमित भए । केही प्रश्नहरुको त उत्तर   दिन्थ्यौ भने कति पटक अनुत्तिरत हुन्थ्यौँ ।

केही कुरुवा र बिरामीले मात्रै  हाम्रो कामको खुलेर प्रशंसा गर्नुभयो ।

छोराको उपचारका लागि निरोगी बुबा कोरोना वार्डमा बस्न सहर्ष तयार छन्, म किन डराऊँ । मैले त व्यक्तिगत सुरक्षाका लागि आवश्यक सबै सामग्री लगाएको छ ।

जति नै मन दुखे पनि डाक्टरी धर्ममा केन्द्रित भएर उत्तर दिन्थ्यौँ । उहाँहरुलाई भन्थ्यौं, ‘तपाईहरुलाई हामीले सकेको र मिल्नेसम्मको उपचार दिइरहेका छाैँ । दिनको तीन पटक राउन्डमा आएर तपाईहरुका समस्या बुझिरहेका छौं । आत्तिएर हुँदैन, धैर्य गर्नुस् ।’ 

डर भगाउने घटना

राउन्डकै बेला एक हृदयविदारक दृश्य देख्नुपर्‍यो । आइसोलेसन वार्डमा १४ वर्षका बालक थिए । उनको मिर्गौला फेल भएको रहेछ । उनको शरीरमा रगतको मात्रा ४.६ मात्रै थियो । उनैलाई कोरोना संक्रमणसमेत भएको थियो ।  तर अचम्मको कुरा, उनको स्याहार गर्ने बुबामा कोरोना संक्रमण थिएन । उनलाई आइसोलेसन वार्डबाट कोरोना पोजेटिभ वार्डमा सार्नु थियो, जहाँ कोरोना पोजेटिभका बिरामी मात्र राखिन्छ । अब उनको हेरविचार कसले गर्ने ? हामीले उनका बुबालाई अवस्था बतायौं । उनका बुबा एकछिन टोलाउनुभयो र मलिन स्वरमा भन्नुभयो, ‘के गर्नु र हजुर, आफ्नो छोरा न हो, बस्नै पर्‍यो आफ्नो छोरासँग । बरु डाक्टरसाब, छोरा र मलाई त्यो वार्डमा अरूभन्दा अलिक टाढा राखिदिनुहोला ।’

उनका रोदनमिश्रत अनुरोधले म एकछिन भावविह्वल भएँ । अघिसम्मको मभित्रको अथाह डरत्रास उनका कुराले कहाँ गयो, पत्तै भएन ।  छिटो छिटो चलिरहेको धड्कन बिस्तारै मत्थर भयो । छोराको उपचारका लागि निरोगी बुबा कोरोना वार्डमा बस्न सहर्ष तयार छन्, म किन डराऊँ । मैले त व्यक्तिगत सुरक्षाका लागि आवश्यक सबै सामग्री लगाएको छ ।

यो घटनापछि म परिवर्तन भएँ । निडर भएको महसुस गरेँ ।  कर्ममा दृढ भएर खटिने उत्प्रेरणा जाग्यो । 

आइसोलेसनको राउन्ड सकेर कोभिड आइसियूमा पुग्नुअघि  आफूलाई स्यानिटाज्ड गरायौं ।  आइसियूमा क्रमैसँग  बिरामी हेर्‍यौं । कसैको औषधि मिलाउनुपर्ने थियो, कसैलाई नयाँ औषधि दिनुपर्ने थियो,  कसैकाे औषधी छुटाउनुपर्ने थियो । यी काम गर्न चस्मामा ढाकिएको बाफले निकै दुःख दिएको थियो । तर जसरी भए पनि बिरामीको सेवा गर्नैपर्थ्याे ।

आफ्नै कपडा लगाएपछि झनै राहत महसुस गरेँ ।  सोचें– आफूमा जतिसुकै डरत्रास भए पनि कोभिडका  बिरामीको  उपचार गरेँ, खुसी छु, यो नै पेसाको सुन्दर पक्ष हो । 

औषधिको फाइल (कार्डेक्स), अनुसन्धान कागज ( इन्भेस्टिगेसन) र फाइल हेर्दै बिरामीको उपचार गर्‍याैँ । हरेक बिरामीको बेडमा पुग्याैँ, होसमा आएका बिरामीसँग बातचित गर्‍यौं । ढाडस दिँदै हिँड्यौं । बेहोस बिरामीलाई सक्दो ज्ञान र सिप प्रयोग गरेर बचाउने कोसिस गर्‍यौं ।

आइसियूको राउन्ड सकिन चार–पाँच लागेको थियो । हामी कोभिड आइसियूबाट बाहिर निस्कियौं र आफूलाई स्यानिटाइज्ड गरायौं ।

यसपछि  लिफ्ट चढेर दोस्रो तलामा आयौ । विधिपूर्वक पिपिई खोल्यौं र नर्मल कक्षमा आयौ ।  शरीरमा पसिनै पसिना भएछ । पिपिईको चस्माको डाम निधारमा बसेछ ।

आफ्नै कपडा लगाएपछि झनै राहत महसुस गरेँ ।  सोचें– आफूमा जतिसुकै डरत्रास भए पनि कोभिडका  बिरामीको  उपचार गरेँ, खुसी छु, यो नै पेसाको सुन्दर पक्ष हो । 


प्रतिक्रिया दिनुहोस !