५ कार्तिक २०७७, बुधबार
२८ भाद्र २०७७, आईतवार २०:४४

‘स्वास्थ्यकर्मीकाे सम्मानमा असाेज १ गते घरघरमा दीपावली गराैँ’


काठमाण्डाै – सरकारले आउँदाे असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ ।

विश्व बिरामी सुरक्षा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुको सम्मानमा दीपावली गर्न अनुरोध गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक तारानाथ पोखरेलले बताउनुभयो ।

कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि सरकारले पनि असोज १ गते बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने उहाँले बताउनुभयो ।

महानिर्देशक पोखरेलले त्यही समयमा कोरोना सङ्क्रमितको स्वास्थ्य लाभको कामना गर्नुको साथै कोरोनाबाट ज्यान गुमाएकोहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गर्ने बताउनुभयो ।

यस वर्षको विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथामिकता भन्ने विषयमा मनाउन लागिएको र ‘स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सबै बोलौँ’ भन्ने नाराका साथ मनाउन लागिएको उहाँले बताउनुभयो ।

निर्देशक पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षा र उच्च मनोबल विना कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्न नसकिने भएकोले उनीहरुको सुरक्षा र सम्मानका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस !