५ आश्विन २०७८, मंगलवार
२६ भाद्र २०७७, शुक्रबार १९:१५

जनकपुरमा महोत्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु


२६ भदौ, जनकपुरधाम । महोत्तरीमा थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका १ बथनाहा निवासी ६५ वर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएर श्वास फेर्न समस्या भएपछि उनलाई गत भदौ १९ गते प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएकै समयमा स्वाब लिएर पीसीआर परीक्षण गर्दा दुई दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !