५ आश्विन २०७८, मंगलवार
२२ भाद्र २०७७, सोमबार १९:३३

प्रदेश २ का तीन जिल्लामा आज पाँच जनाको मृत्यु


जनकपुरधाम । प्रदेश नंं २ को तीन जिल्लामा आज मात्र पाँच जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको पुष्टि भएको छ । यो संगै प्रदेशमा मृतकको संख्या १ सय ६ पुगेको छ ।

सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा नं ३ का वर्ष ३५ र ४० को दुई जना पुरुषको उपचारको क्रममा नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजमा मृत्यु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरि सिरहाको गोलबजार वडा नं ३ मा ७७ वर्षको पुरुष तथा मिर्चैयाका ६० वर्षका अर्का पुरुष गरे दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भएको छ ।

यसैगरी, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नंं ३० का ५४ वर्षका पुरुषको पनि कोरोनाका कारणले मृत्यु भएको छ । यसैगरी, धनुषामा एक जना भारतीय नागरिकको पनि मृत्यु भएका थिए ।

हालसम्म कोरोनाका कारणले पर्सा जिल्लामा २९ जना, बारामा १५ जना, धनुषामा १२ जना, महोत्तरीमा ११ जना, सिरहामा १० जना, सर्लाही तथा रौतहटमा ५–५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !