१९ मंसिर २०७८, आईतवार
१४ भाद्र २०७७, आईतवार २१:२९

तनहुँमा प्रहरीसहित थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि


तनहुँका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिकाका आठ जना, भानु नगरपालिकाका एक र देवघाट गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्दे गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ का आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

म्याग्दे गाउँपालिका–४ का ३४, ६२, वर्षीय पुरुष म्याग्दे गाउँपालिका–६ का ५८, ५३, वर्षीय पुरुष, म्याग्दे गाउँपालिका–७ का ३५ र ३७ वर्षीय पुरुष, एक वर्षीय बालक र ३१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमध्ये एक जना प्रहरी, छ जना भारतबाट आएर होम क्वारेन्टिनमा बसेका र एक जना म्याग्दे गाउँपालिका–७ घर भई हाल व्यास नगरपालिका–३ शान्तिनगर बस्ने पुरुष रहेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिनुभयो ।

गाउँपालिकाले गत भदौ ८ गते एक सय ४५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएको थियो ।

त्यस्तै भानु नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । स्थायी ठेगाना भानु–४ भए पनि स्वाब भानु नगरपालिकाबाट नपठाइएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

‘हामीले पठाएको स्वाब होइन ।’ प्रमुख भट्टराईले भन्नुभयो ‘पोखरा मै स्वाब दिएर बसाई उत ै(पोखरा) नै रहेको र बैङ्कका कर्मचारी भन्ने प्रारम्भिक जानकारी आएको छ ।’ उहाँले अगाडि भन्नुभयो ‘के कसो भनेर हामी बुझ्दै छौ ।

यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले होम क्वारेनटिन, क्वारेनटिन र कनट्र्याक्ट ट्रेसिङबाट गत भदौ ७ गते २५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि भरतपुर कोरोना अस्पतालको प्रयोगशालामा पठाएको थियो ।

बुधबार प्राप्त रिपोर्ट अनुसार २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ र एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले गाउँपालिका भित्र दुई जना सक्रिय सङ्क्रमित रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !