14.4c Kathmandu, Nepal

Sunday, December 7, 2025
२ हप्ता अगाडि

विराट मेडिकल कलेजले माग्यो नर्स, ३४७०० भन्दा बढी तलब दिने

काठमाडौं-विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले नर्सलाई ३४७०० भन्दा बढी तलब दिने जनाएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको तलबभन्दा बढी तलब नर्सहरुलाई प्रदान गर्ने जनाएको छ । विराटले त्यसबाहेक नर्सलाई ओभरटाइम, एक्स्टा ड्युटी र पफर्मेन्स बेस्ड इन्सेन्टीभ समेत उपलब्ध गराउनेछ । यसका साथै यातायात र निःशुल्क आवास सुविधा पनि उपलब्ध गराउनेछ । क्षमता अभिवृद्धिका लागि क्रिटिकल केयर, इमर्जेन्सी केयर, एसीएलएस, बीएलएस, संक्रमण नियन्त्रणजस्ता तालिमहरु पनि उपलब्ध गराउने जनाएको छ । विराटले एक सूचना प्रकाशित गर्दै नर्सहरुको समेत माग गरेको छ ।