14.4c Kathmandu, Nepal

Sunday, April 12, 2026
५ महिना अगाडि

भिम अस्पतालको  प्रमुखमा डा. वर्षा थापा नियुक्त

भैरहवा,२७ कार्तिक । भैरहवास्थित भिम अस्पताल  प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) मा डा. वर्षा थापा नियुक्त हुनुभएको छ ।
लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहमा कार्यरत  डा. थापालाई भिम अस्पतालको मेसु पदमा नियुक्त गरेको हो। डा. थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टर बिभाग प्रमुख हुनुहुन्थ्यो ।
प्रदेश सरकार मन्त्रीपरिषद  बैठकले यस निर्णयसँगै तत्कालीन मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता गर्ने निर्णय पनि गरेको छ।
डा. गुप्ता २०८१ साल जेठ महिनामा भिम अस्पताल भैरहवाको मेसु पदमा नियुक्त हुनुभएको थियो ।