14.4c Kathmandu, Nepal

Sunday, December 7, 2025
३ हप्ता अगाडि

पेट्रोल र डिजलको भाउ बढ्यो

काठमाडौं–  नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ।

निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ। भारतबाट भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ।

Ncell 2

काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ।

यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ १५८.५० रुपैयाँ र डिजेल १४४.५० रुपैयाँ पुगेको छ।
सुर्खेत र दाङमा पेट्रोलको दाम १६० रुपैयाँ र डिजेलको १४६ रुपैयाँ पुगेको छ।

f3a4b48d-7adb-4085-8bc0-1f1c129536be_bqrrw4rAmU-1763219705.jpeg