14.4c Kathmandu, Nepal

Sunday, December 7, 2025
४ हप्ता अगाडि

एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास

काठमाडौं—चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहअन्तर्गतको एमबीबीएसतर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ८ हजार ७७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले शैक्षिक सत्र २०८२/०८३ का लागि १५ कात्तिकमा इन्ट्रान्स परीक्षा सञ्चालन गरेको थियो । भदौंका लागि तय भएको इन्ट्रान्स जेन—जी आन्दोलनलगायका कारण कात्तिकमा सरेको थियो ।