14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन

व्यवसायी दुर्गा प्रसाईंको स्वामित्वमा रहेको बी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, बिर्तामोडका मेडिकल अफिसरहरूले चार महिनादेखि तलब नपाएको र प्रशासनले मागहरू बेवास्ता गर्दै आएको भन्दै  आन्दोलन सुरु  गरेका छन्।

मेडिकल अफिसरहरूको अस्पताल प्रशासनसँग विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन् । उनीहरुले भनेका छन्, ‘तलब बक्यौता, श्रमशोषण, तथा मेडिकल अफिसरको अभावबारे पटक–पटक प्रशासनलाई जानकारी गराउँदा पनि कुनै ठोस कदम नचालिएकाले २०२५ अक्टोबर १९ (असोज ४ गते आइतबार) देखि  आन्दोलनका कार्यक्रम सुरु गर्ने निर्णय गरिएको हो।’

डाक्टरहरूले ओपीडी सेवा, वार्ड राउन्डलगायतका सेवा तत्कालका लागि बन्द गरेका छन्। तर, बिरामीलाई मध्येनजर गर्दै आपतकालीन सेवा, आइसीयु, सीसीयु, र एनआईसीयु भने निरन्तर सञ्चालनमा रहने जनाइएको छ।

डाक्टरहरूको प्रमुख मागहरुमा चार महिनाको बक्यौता तलब तुरुन्तै भुक्तानी गर्नुपर्ने, आगामी दिनमा तलबसुविधा प्रत्येक महिनाको पाँच गतेभित्र अनिवार्य रूपमा दिनुपर्ने, प्रत्येक विभागमा पर्याप्त संख्यामा मेडिकल अफिसर नियुक्त गर्नुपर्नेलगायत रहेका छन्।

मेडिकल अफिसरहरूले पत्रमा लेखेका छन्, ‘हामीले यो निर्णय अन्तिम विकल्पको रूपमा गरेका हौं। प्रशासनले तुरुन्तै वार्ता प्रक्रिया अघि नबढाए आन्दोलन अझ  चर्काउनेछौं।’

यसअघि पनि बी एण्ड सी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूले  तलबसुविधा, कामकोचाप र व्यवस्थापनको असहयोग विषयमा असन्तुष्टि जनाउँदै आएका थिए। 

565929438_122108770665008209_6173912487802042188_n-1760847401.jpg
562379632_122108770707008209_2686510803781599379_n-1760847401.jpg