14.4c Kathmandu, Nepal

Friday, July 17, 2026
९ महिना अगाडि

हेलिकप्टर कुरेकी अस्मिताले बाटोमै जन्माइन् छोरी

१९ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको रोशी गाउँपालिका वडा-५ सिसाखानीको सेलगाउँको २१ वर्षीया अस्मिता लामा बाटोमै सुत्केरी भएकी छिन्।

लामो समयदेखि व्यथा लागेको र अस्पताल लिएर आउन सडक अवरुद्ध भएपछि हेलिकप्टरमार्फत उद्धार गर्न खोजे पनि त्यस स्थानमा हेलिकप्टर बस्न नसकेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।अस्मिताले छोरीलाई जन्म दिएकी छन्। ‘बच्चाको तौल कम भएकोले समस्या पर्छ कि भनेर चिन्ता छ।’ स्थानीय अस्मिताका छिमेकी लोकबहादुर बलले टेलिफोनमा जानकारी दिए।

शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बीपी राजमार्गबाट ल्याउन असम्भव भएको कारण हेलिकप्टर मार्फत उद्धार गर्न सिन्धुलीका ज्ञानबहादुर मगर र अस्मितालाई लिन आएको सेनाको हेलिकप्टर सिसाखानीमा बस्न नसकेर मगरलाई मात्र लिएर अस्पताल गएको थियो ।