नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले जेनजी आन्दोलनबाट घाइतेभएका सबै संघीय अस्पताल, पदेश अस्पताल र स्वास्थ्य विज्ञान पतिष्ठानमा मनोपरामर्श केन्द्र स्थापन गर्ने निर्णय गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्ने क्रममा मन्त्री डा. शर्माले जेनजी युवाहरुको अगुवाईमा भएको आन्दोलनको दौरानमा हुन सक्ने मानसिक समस्यालाई मध्यनजर गरी मृतकका परिवार, घाइते र घाइतेका परिवार लगायत सवै नागरिकलाई सवै संघीय अस्पताल तथा प्रतिष्ठानबाट निशुल्क मनोसामाजिक परामर्श सेवा दिने निर्णय गर्नुभएको छ ।
उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको जानकारी दिदै त्यो बाहेक सहिद परिवारलाई निःशुल्क बिमा गर्ने योजना बनाएको बताउनुभयो । उहा्ँले त्यसको लागि अर्थ मन्त्रालयसँग परामर्श गरेर काम अगाडि बढाउने बताउनुभयो।