14.4c Kathmandu, Nepal

Saturday, November 15, 2025
२ हप्ता अगाडि

सुर्खेतमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घरायसी विवादका कारण गत मंगलबार बिहान ३० वर्षीय छोरा कविराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । तर, बिहान करिब ८:१५ मिनेटको समयमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको बुढथापाले बताए ।

NIBL