काठमाडौ, १४ कात्तिक । आज पनि देशका विभिन्न अस्पतालमा नर्सको आन्दोलन जारी छ । निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सहित नर्सहरु तेस्रो दिन पनि आकस्मिक बाहेकका सम्र्पूण सेवा बन्द गरेर आन्दोलित भएका हुन् ।
नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका नर्सहरु आन्दोलित भएका हुन् । निजी अस्पताल तथा मेडिकल कलेजका नर्सलाई सरकारी अस्पतालका नर्सले पनि समर्थन गरेका छन् । सरकारी अस्पतालमा कार्यरत नर्सहरु पनि दैनिक दुई घण्टा (बिहान १० देखि १२ )बजेसम्म आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् ।
देशभर सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर प्रदर्शन गरेका छन्।
निजी अस्पतालका नर्सबाट सुरु भएको आन्दोलनले अहिले सरकारी अस्पतालमा पनि सुरु भएको छ । निजी अस्पतालका नर्सलाई सरकारी अस्पतालका नर्सले पनि साथ दिएका छन् ।
सरकारी सरह पारिश्रमिक पाउनु पर्छ भनेर असोज १० गते देखि सुरु भएको आन्दोलनमा देशभरका नर्सहरु समर्थनमा छन् ।
सिभिल, टेकु, भक्तपुर, वीर, ट्रमा, कान्ति, त्रिवि शिक्षण अस्पतालका नर्सहरु समर्थन जनाउदै आन्दोलन गरिरहेका छन्।
सरकारी पाँचौ श्रेणी अन्र्तगत पारिश्रमिक पाउनु पर्ने, विद्यालयमा नर्सको दरबन्दी कायम गरिनुपर्ने, सरकारी अस्पताल कलेजमा काम गर्ने नर्सहरूको रात्रिकालीन सेवा, स्तर वृद्धि, अतिरिक्त सेवा, स्थायीत्व लगायतका दीर्घकालीन व्यवस्थापनको लागि ऐन संशोधनलगायत १५ बुँदे मागसहित देशभरिका नर्स आन्दोलनमा छन्।