14.4c Kathmandu, Nepal

Monday, September 14, 2026
११ महिना अगाडि

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले दिए राजीनामा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रतिष्ठानकी कुलपति समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।

डा. लामिछानेलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ फागुन १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेका थिए। सो अनुसार उनको कार्यकाल आगामी फागुन १० गतेसम्म कायम रहने थियो।

प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा उनले व्यक्तिगत तथा स्वास्थ्य कारण जनाउँदै पदत्याग गरेको स्रोतले जनाएको छ।