14.4c Kathmandu, Nepal

Saturday, November 15, 2025
२ हप्ता अगाडि

मोहम्मद अफताब आलम अस्वस्थ, भेन्टिलेटरमा राखेर उपचार हुँदै

१२ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको छ।

काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

‘उहाँको स्वास्थ्यअवस्था स्थिर छ, भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ परिवारका सदस्य नौसाद आलमले भने।

त जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।

विधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए । घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए। त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो।