14.4c Kathmandu, Nepal

Sunday, April 12, 2026
५ महिना अगाडि

मेडिकल काउन्सिललाई लाग्यो चुनाव, निर्वाचन समिति गठन

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिर्वाचन प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो। 

ऐन अनुसार निर्वाचनबाट चुनिएर आउने उपाध्यक्ष र सदस्यको निर्वाचनका लागि काउन्सिलले निर्वाचन समिति गठन गरेको छ। 

नेपाल मेडिकल काउन्सिल ऐन अनुसार काउन्सिलको एक उपाध्यक्ष तथा आठ सदस्यहरूको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सही अनुसार काउन्सिलले नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१क र २१ख बमोजिम निर्वाचन समिति गठन गरेको जनाएको छ।

गठित निर्वाचन समितिमा प्रा. डा. रविन्द्रमान श्रेष्ठ प्रमुख निर्वाचन अधिकृत, प्रा. डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी निर्वाचन अधिकृत रहेका छन्।

काउन्सिलका अनुसार उपाध्यक्ष पदका उम्मेदवारले कम्तिमा १५ वर्षको अनुभव हासिल गरेका दर्तावाला चिकित्सक हुनुपर्नेछ भने आठ सदस्य पदका उम्मेदवारका लागि कम्तिमा ५ वर्षको अनुभव भएको दर्अतावाल चिकित्सक हुनुपर्ने छ।

नेपाल मेडिकल काउन्सिलमा विधिपूर्वक दर्ता भएका सम्पूर्ण चिकित्सकहरूले यस निर्वाचनमा मतदान गर्न पाउने छन्। हालका निर्वाचित सदस्यहरूको पदावधि २०७८ देखि २०८२ सम्मको रहेकाले उनीहरूको कार्यकाल आगामी २०८२ पौष १ गते समाप्त हुनेछ।

काउन्सिलका रजिष्ट्रार डा सतिस कुमार देवका अनुसार निर्वाचन कार्यतालिका र अन्य विवरण शीघ्र सार्वजनिक गरिनेछ।