14.4c Kathmandu, Nepal

Sunday, February 8, 2026
३ महिना अगाडि

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्स डा. इन्दिरा अधिकारी पौडेल नियुक्त

काठमाडौं– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा   नर्सिङ विभागको विभागीय प्रमुख  तथा सहप्राध्यापकमा कार्यरत  डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन्।  उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार नियुक्त गरिएको हो।

 त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी उनको मातृ तथा बाल स्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा समेत सक्रिय छिन् ।प्रतिष्ठानमा नर्सिङ विभागको प्रमुख रहँदा उनले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम विकास र नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन्।

उनले नर्सिङ सेवामा २० वर्ष कार्य गरेकी छिन् भने  १७ वर्ष शैक्षिक क्षेत्रमा काम गरेको अनुभव रहेको छ।

 विगत साढे ३ वर्षदेखि उनी नर्सिङ विभागको विभागीय प्रमुख रहेकी थिइन्।