14.4c Kathmandu, Nepal

Monday, November 10, 2025
३ हप्ता अगाडि

बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति

बिराटनगर– बिराटनगरस्थित बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति भएको छ। सहमतिसँगै अस्पतालका सबै नियमित स्वास्थ्य सेवा पहिलेजस्तै सञ्चालनमा रहेको स्पष्ट गरिएको छ।

अस्पतालमा कार्यरत मेडिकल अफिसर  टिमबाट  सार्वजनिक पत्रमा भनिएको छ,  ‘हामीले ड्युटी समय र तलब तालिकासम्बन्धी वैध मागहरू व्यवस्थापन पक्षमा राखेका थियौं। व्यवस्थापनले ती मागहरूलाई सकारात्मक रूपमा लिएर तत्काल छलफलको पहल गरेको छ र दुवै पक्षबीच खुला र पारदर्शी वार्ता सम्पन्न भएको छ।’

अस्पतालका अनुसार, व्यवस्थापन र मानव संसाधन  विभागले उठाइएका मागहरूको  कार्यान्वयन प्रक्रिया सुरु गरिसकेको छ।

बी एण्ड सी अस्पतालले आफ्नो दैनिक आपतकालीन, बहिरंगर भर्ना सेवा नियमित रूपमा जारी रहेको बताइएको छ।

WhatsApp-Image-2025-10-19-at-12.17.33-1760864693.jpeg