14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

बीपी प्रतिष्ठानमा एक वर्षमा क्यान्सरका ४ सय २५ शल्यक्रिया

हाल प्रतिष्ठानले क्यान्सरको उपचारमा शल्यक्रिया तथा सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा प्रदान गर्दै आइरहेको छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा विभिन्न प्रकारका क्यान्सर रोगका ४ सय २५ वटा शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रकारका क्यान्सर रोगको ४ सय २५ वटा शल्यक्रिया र सोही अवधिमा ३ हजार ६ सय ५० जनाले किमो थेरापी लिएको प्रतिष्ठानले जनाएको छ  ।

प्रतिष्ठानको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार ब्रेन ट्युमर ४१ जना, थाइरोइड क्यान्सर ५ जना, ओरल क्याभिटीको क्यान्सर ३७ जना, ब्रेस्ट तथा इण्डोक्राइन क्यान्सर ८० जना, स्पाइन ट्युमर ३ जना, मेडियास्टिनल ट्युमर १ जना, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर ५४ जनाको शल्यक्रिया भएको तथ्यांकले देखाएको छ ।

यस्तै हेपाटोबिलियरी एण्ड पेंक्रियाटिक क्यान्सर ३५ जना, रेनल क्यान्सर ६ जना, युरिनरी ब्लाडर क्यान्सर २४ जना, प्रोष्टेट क्यान्सर ११ जना, ओभेरियन क्यान्सर २५ जना, सर्भाइकल क्यान्सर ८ जना, इन्डोमेट्रियल क्यान्सर १० जनाको शल्यक्रिया भएको छ ।

साथै प्रि क्यान्सर गोइनेकोलोजिकल लिजनको लुप इलेक्ट्रोसर्जिकल इक्सिजन शल्यक्रिया ४० जना, युरेथ्रल क्यान्सर १ जना, पेनाइल क्यान्सर २ जना, भल्भल क्यान्सर ३ जना, बोन ट्युमर २१ जना, अन्य क्यान्सर सम्बन्धित १९ जनाको शल्यक्रिया गरिएको छ ।

शल्यक्रिया बाहेक क्यान्सर रोकथामका लागि प्रतिष्ठानमा सञ्चालित सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापीसम्बन्धी सेवामा बहिरङ्ग सिस्टेमिक थेरापी लिनेको संख्या २ हजार ७ सय २८ रहेको तथ्याङ्कमा उल्लेख छ । उक्त सेवा अन्तरङ्ग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा लिनेको संख्या ९ सय २२ जना रहेको जनाइएको छ ।