14.4c Kathmandu, Nepal

Sunday, December 7, 2025
४ हप्ता अगाडि

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूहवीच बाल स्वास्थ्य अनुसन्धानमा २० वर्ष लामो सहकार्य

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको बाल स्वास्थ्य अनुसन्धान विभाग, बाल रोग विभागले अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन समूहसँगको सहकार्यमा बाल स्वास्थ्य र खोप सम्बन्धी अनुसन्धान तथा क्षमता अभिवृद्धिमा २ दशक लामो सफल साझेदारीको उत्सव मनाएको छ ।
यो ऐतिहासिक सहकार्यको उपलक्ष्यमा बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको अध्यक्षता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा बुद्धि पौड्यालले गरेका थिए ।

कार्यक्रममा दुई दशकको वैज्ञानिक साझेदारी, सामूदायिक संलग्नता र विश्व स्वास्थ्यमा पुराएको योगदानलाई सम्मान गर्दै छलफल कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा पूर्व राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथि थिए । विशेष अतिथिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा तथा ललितपुरका मेयर चिरीबाबु महर्जनको उपस्थिती रहेको थियो । कार्यक्रममा अक्सफोर्ड भ्याक्सिन समूहका वरिष्ठ प्रतिनिधीको पनि सहभागिता थियो ।

कार्यक्रममा बाल स्वास्थ्य अनुसन्धान विभागकी प्रमुख प्राडा श्रृजना श्रेष्ठले सहकार्यको यात्रा र प्रमुख उपलब्धीका बारेमा प्रकाश पार्दै यसले नेपालको खोप नीति र बाल स्वास्थ्य सुदृढिकरणमा पुराएको योगदानको बारे जानकारी दिएकी थिइन । यसैगरी अक्सफोर्ड भ्याक्सिन समूहका निर्देशक प्रोफेसर सर एन्ड्रयु जे पोलार्ड र प्राडा डेभिड मर्डकल (ओटागो विश्वविद्यालय , न्यूजिल्यान्ड) ले २० वर्षे सहकार्य बारे आफनो अनुभव सुनाएका थिए ।