नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले नर्सका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज स्वास्थ्य मन्त्रीको सपथपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नर्सको आन्दोलन आफूले नजिकबाट नियालिरहेको भन्दै उनीहरुको समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले निजी मेडिकल कलेज सञ्चालक तथा निजी अस्पताल सञ्चालकहरुसंग छलफल गरेर नर्सका समस्या समाधान गर्ने बताउनुभयो ।
मन्त्री शर्माले नेपाल नर्सिङ संघका पदाधिकारी, अफिन लगायतका संघसस्थासंग छलफलबाट समस्या समाधानमा लाग्ने बताउनुभयो ।
मैले नर्सको आन्दोलनलाई मिडियामार्फत नियालिरहेको छु, मन्त्री शर्माले भन्नुभयो,उनीहरुले उठाएका जायज माग पुरा हुनुपर्छ भन्नेमा छु । त्यसको लागि आन्दोलनरत नर्सदेखि सरोकारवाला निकायसंग समन्वय गरेर निष्कर्षमा पुग्न सकिन्छ ।”
मन्त्री शर्माले स्वास्थ्यको जनशक्ति तथा दरबन्दीमा ठूलो ग्याप रहेको औँल्याउँदै यसलाई हल गर्नुपर्ने बताउनुभयो । उहाँले लोकसेवाको अध्यक्षसंग स्वास्थ्यमा भएको दरबन्दी लगायतको विषयमा कुराकानी गरेको बताउनुभयो ।