14.4c Kathmandu, Nepal

Monday, August 3, 2026
९ महिना अगाडि

तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीको उद्धार

काठमाडौँ : मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ।

शनिबार बिहानै उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  उद्धार गरिएकामध्ये एक महिला बिरामी छिन्एक पुरुषको गोडामा चोट लागेको छ। सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको थापाले बताए। 

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले बिहान ११ नेपालीलाई चामेतर्फ ल्याएको छ। केही चिनिया नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेस क्याममै बसेका छ्न्।उनीहरू अलपत्र परेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारमा खटिएको थियो ।