14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे नियुक्त भएका छ्न।

बागमति प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले घिमिरेलाई जनस्वास्थ्य कार्यालयको प्रमुखमा सरुवा गरेको हो।  घिमिरे यस अघि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा जनस्वास्थ्य प्रशासकको रुपमा कार्यरत थिए।

यसअघि चितवनमा दिनेश रुपाखेती प्रमुख हुनुहुन्थ्यो । रुपाखेतीलाई सरुवा गरेर स्वास्थ्य निर्देशनालयमा ल्याइएको छ।

यस्तै बागमति प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखहरुको सरुवा भएको छ ।

बागमति प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले जनस्वास्थ्य कार्यालय प्रमुखहरुको सरुवा गरेको हो ।

बागमति प्रदेश स्वास्थ्य मन्त्रालयले ललितपुर जनस्वास्थ्य कार्यालयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालको सरुवा गरेको छ ।

यस्तै ललितपुरमा प्रमुखको रुपमा रहनुभएका डा. भुवन पौडेलको बागमति प्रदेश स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी स्वास्थ्य निर्देशनालयबाट अर्जुन पौडेलको सरुवा धादिङ जनस्वास्थ्य कार्यालयमा भएको छ । धादिङमा आठौ तहका जितेन्द्रकुमार शाह हुनुहुन्थ्यो। उहाँलाई स्वास्थ्य मन्त्रालय हेटौँडा सरुवा गरिएको छ ।

मकवानपुर स्वास्थ्य कार्यालयमा किरण श्रेष्ठको सरुवा भएको छ ।