14.4c Kathmandu, Nepal

Sunday, February 8, 2026
४ महिना अगाडि

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

५ कात्तिक, चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका-२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो ।

अन्दाजी २२/२३ वर्ष देखि युवाको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।